
आर्मी च्याम्पियन
काठमाडौं- एपिएफलाई ३३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । ंकीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आर्मीले दिएको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफले ४१।३ ओभर सबै विकेट गुमाएर १ सय ७८ रनमो समेटिएपछि आर्मी नयाँ च्याम्पियन बनेको हो ।
आर्मीले चौथो पटको प्रयासमा विजयी ट्रफी उचाल्यो । यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजयी हुँदा त्यसपछिका संस्करणमा उपविजेता बनेको थियो । दोस्रो संस्करणमा एपिएफबाट पराजित भएको थियो भने तेस्रो संस्करणको खेलमा अर्को विभागीय टोली नेपाल पुलिससँग स्तब्ध भएको थियो ।
शनिबार भएको फाइलनमा एपिएफलाई दोस्रो संस्करणमा भोगेको पराजयको बदला लिएको हो । विजयी आर्मीले उपाधिसँगै नगद १० लाख रुपैयाँ हात पारेको छ । यस्तै उपविजेतमा सिमित भएको एपिएफले नगद पाँच लाख रुपैयाँ हात पा¥यो ।
एपिएफविरुद्ध जित निकाल्दा आर्मी तीन बलरले उत्कृष्ट खेल प्रदर्शन गरे । विक्रम शोब, जितेन्द्र मुखिया र साहब आलमले समान तीन÷तीन विकेट निकाल्दा आर्मी सस्तैमा समेटिएको थियो । २१ रनको व्यक्तिगत स्कोर बनाउँदा ओपनर सुवास खकुरेललाई गुमाएको एपिएफका लागि कप्तान शरद भेषवाकर शून्यमा पवेलियनको बाटो फर्किएका थिए । आशिफ शेखले ६१ रनको अर्धसतकीय इनिङ खेले पनि टोलीको हारलाई टार्न सकेनन् । जितेन्द्र मुखियाको बलमा रोहित पौडेलबाट क्याच भएर पवेलियन फर्किएका आशिफले ७१ बलको सामना गर्दा ८ चौका र १ छक्का प्रहार गरेका थिए । सुन्दिप जोरा २९ रन जोड्ने क्रममा पवेलियन फर्किँदा सुमित महर्जनले व्यक्तिगत १९ रनको योगदान गरेका थिए । तीब्र गतिका बलरसामु खुलेर खेल्न सकेको एपिएफका तीन खेलाडी शून्यमा रहँदा अन्य तीन ब्याट्स म्यान १० रन भित्र समेटिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ११ रन जोडेको थियो । आर्मीका लागि हरिबहादुर चौहान एक्लैले ५८ रन रन जोडेका थिए । राजेश पुलामिले २८ रन जोड्दा शहम अलमले १४ बलमा २५ रन जोड्दै नटआउट रहे । तीन विकेट गुमाउँदा ४७ रन मात्र जोडेको आर्मीका लागि लोकेश बमले १५, रोहित पौडेलले १३, विक्रम शोब र अनिल मण्डलले समान ११÷११ रन बनाएका थिए । कप्तान विनोद भण्डारी र भिम सार्कीले समान ७ रन जोडे ।
आर्मीको ९ विकेट निकाल्न एपिएफका अविनाश बोहोराले सर्वाधिक ४ विकेट हात पार्दा किशोर महतोले दुई आफ्नो नाममा लेखाए । यस्तै कप्तान शरद भेषवाकर, भुवन कार्की र कमल सिंह ऐरीले १÷१ ले लिए । प्रतियोगितामा प्रदेश २ का विवेक यादव उदीयमान खेलाडी घोषित हुँदै १५ हजार रुपैयाँ हात पार्दा बागमती प्रदेशका पृथु बास्कोट उत्कृष्ट ब्याट्सम्यान चुनिए । यस्तै एपिएफका कमल सिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा एपिएफकै साहब आलम उत्कृष्ट बलर भए । उत्कृष्ट ब्याट्स म्यान र बलरले समान २५ हजार रुपैयाँ पाउँदा सर्वोत्कृष्ट कमलले नगद ५० हजार रुपैयाँ पाए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…