
चौदण्डी विरुद्ध बल अगाडि बढाउँदै आर्मीका खेलाडी ।
काठमाडौं-पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ । विराटनगरले ६ खेलबाट १० अंक जोडेर तालिकामा स्थान सुधार गरेको हो । पराजित पुलिस भने दुई अंक पछि पर्दै चौंथो स्थानमा झरेको छ ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौं मिनेटमा पार्वतीको गोलबाट अग्रता लिएको थियो । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै लिएको अग्रतालाई विराटनगरले अन्तिम सम्म कायम राखेर खेल पस्किदाँ जारी लिगमा तेस्रो जित निकाल्न सफल भएको हो । पुलिसले पछि परेको अवस्थामा एक पछि अर्को काउन्टर गरे पनि विराटन महानगरपालिकाको रक्षापंक्तिले उत्कृष्ट खेल देखाउन सक्यो । दोस्रो हाफको अन्तिम मिनेट तिर पुलिसले दबाब दिँदै खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र विराटनरलाई नजिता सुम्पिन बाध्य बन्यो ।
महिला लिग अन्तर्गत बुधबारै सम्पन्न दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले तालिकामा अंक विहिन चौदण्डीगढी नगरापालिकामाथि १२–० को फराकिलो जित निकाल्यो ।
शर्मिला थापाको ह्याट्रिक सहित पाँच गोलको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डीगढी नगरपालिकाविरुद्ध फराकिलो जित निकालेको हो । शर्मिलाले पहिलो हाफमा नै ह्याट्रिकसँगै पाँच गोल गरेकी थिइन् ।
६ मिनेटमा गोलको खाता खोलेकी शर्मिलाले १२, २३, २९ र ३६औं मिनेटमा गोल गरेकी थिइन् । फराकिलो जित निकाल्दा सपना लामाले दुई गोल थप्दा अञ्जली वाइवा, हेमा चौधरी, विमला चौधरी, रश्मी घिसिङ र विमला विकले एक÷एक गोल गरेका थिए ।
जितपछि आर्मीको पहिलो चरणको खेलबाट १३ अंक भएको छ । आर्मी दोस्रो स्थानमा यथावत रहँदा पराजित चौदण्डीगढी पुछारमा छ । चौदण्डीगढीको लगातार छैटौं हार हो । पहिलो चरणको समाप्तिसँगै एपिएफ १८ अंकका साथ शीर्ष स्थानमा अटाउँदा १३ अंक जोडेको आर्मी दोस्रा, १० अंक जोडेको विराटनगर तेस्रो स्थानमा छन् । यस्तै समान ८ अंक जोडेका पुलिस र वालिङ क्रमश चौथो र पाँचौ स्थानमा रहँदा ३ अंक जोडेको चन्द्रपुर छैटौं र अंक विहिन चौदण्डीगढी पुछारमा रहेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…