
मकवानपुर कप -मिडियास्तरीय_फुटसल
हेटौंडा-हेटौंडामा सञ्चालन भएको रेडियो मकवानपुर कप (मिडियास्तरीय)फुटसल प्रतियोगिताको उपाधि टिम टिभीले जितेको छ । बुधबार भएको फाइनलमा रेडियो सन्देशलाई टाइब्रेकरमा हराउँदै टिमले उपाधि जितेको हो । निर्धारित समय २–२ को बराबरी भएपछि टाइब्रेकरमार्फत् निर्णय लिइएको हो । टाइब्रेकरमा टिम टिभी ३–२ गोलअन्तरले विजयी भएको हो ।
खेलमा टिम टिभीका तर्फबाट मनिष खड्काले र रेडियो सन्देशको तर्फबाट विपुल भण्डारीले दुई÷दुई गोल गरेका हुन् । विजेता टिभीले ट्रफीसहित नगद १५ हजार रुपियाँ प्रँप्त गर्यो । उपविजेताले ७ हजार रुपिया प्राप्त गरे । प्राप्त गर्नेछ ।
प्रतियोगितामा मकवानपुरका ६ मिडियाले सहभागिता जनाएका थिए । रेडियो मकवानपुरको ११ औं वार्षिक उत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्धेश्यीय सहकारीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् फुटसल प्रतियोगिता आयोजना भएको हो । विजेता टिमलाई सप्ताहव्यापी कार्यक्रमको समापन तथा सम्मान कार्यक्रममा पुरस्कार वितरण गरिने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…