
बल नियन्त्रणमा लिने प्रयासमा बागमती(रातो) र आयोजक खेलाडी सेतो जर्सीमा घम्साघम्सी गर्दै ।
हेटौंडा-आयोजक विजय युथ क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्बल सर्लाहीको चुनौती ५–१ गोलअन्तरले पन्छाउँदै विजय युथ फाइनल पुगेको हो । फाइनलमा विजय युथले भरतपुरको बीएफसीसँग ग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल पुग्ने क्रममा विजय युथका तर्फबाट बिमल रानाले ५, र ४३ औं मिनेट, सन्त गुरुङले ३७, हिसब थपलियाले ५८, रुपेश केसीले ८८ औं मिनेटमा गोल गरेका थिए । सर्लाहीका लागि विदेशी खेलाडी फोफनाले ६७ औं मिनेटमा गोल गरे ।
खेलको म्यान अफ दी म्याच विजयी टोलीका लागि दुई गोल गरेका बिमल राना घोषित भए । उनले नगद पाँच हजार रुपियाँ प्राप्त गरे । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । प्रतियोगिता विजेता र उपविजेताले क्रमशः तीन र एक लाख ५० हजार रुपिया“ प्राप्त गर्नेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…