
हिमालयन गल्फ कोर्ष । तस्बिर फाईल
पोखरा-बाह्रखरी कर्पोरेट एमेच्योर गल्फमा पोखराबाट दुई महिलासहित १५ जना गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पार ७० को हिमालयन गल्फ कोर्ष छिनेडाडाँमा उपाधिको लागि नेपालका कर्पोरेट ७५ भन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने छन् ।
कर्पोरेट गल्फमा पोखराका १५ जना गल्फरमा सबैभन्दा कम ह्याण्डीक्याप गल्फर इन्स्पेक्टर जीवाराम गुरुङसहित सहभागि हुने छन् । उनी ७ ह्याण्डीक्याप एमेच्योर गल्फर हुन् । शनिबार १८ होलको पार ७० को कोर्षमा पोखरा, काठमाडौं, धरान, चितवन लगायतका गल्फरहरुले प्रतिस्पर्धा गर्ने हिमालयन गल्फ कोर्ष पोखराका व्यवस्थापक एवं नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङ(भुवन)ले जानकारी दिए ।
प्रतिस्पर्धामा बलराम थापा(१३), राजु थकाली(१५), सन्देश सिक्देल(१९), क्याप्टेन केदार राई(१४), लेफ्टिनेन्ट कर्णेल याम राना(९), इन्स्पेक्टर जीवाराम गुरुङ्(७), क्याप्टेन राजेन्द्र गौचन(१३), बसन्त गौचन(१२), ईन्जिनियरि गोविन्द गौचन( १६), बुद्धिमान गुरुङ(१७), सोफिया ह्यामण्ड(३६), रिता गुरुङ(३६), ईन्जिनियर धर्मराज गुरुङ(२२), मेजर लछिमी गुरुङ(१२) र नारायण पहारी(२४) रहेका छन् । स्ट्रोक प्लेको आधारमै खेलाडीले पुरस्कार थाप्ने छन् ।
कर्पोरेट गल्फ प्रतिस्पर्धाकै पूर्वसन्ध्यामा हिमालयन गल्फ कोर्षमा मन्थ्ली मेडल गल्फ आयोजना गरिएको थियो । शनिबार हुने प्रतिस्पर्धाको लागि पोखराका गल्फरहरु नियमित रुपमा प्रशिक्षण गरिरहेका छन् । गल्फ कोर्षसँग सधै परिचित रहेपनि एकाग्रता विना पटिङ गर्न कठिनाई हुने गल्फरहरु बताउँछन् ।
बाह्रखरीकै लागि गल्फ कोर्ष मर्मत सम्भार गरिसकिएको छ । ८, ९ र १३ नम्बरको होलसहित ग्रीन पूर्ण रुपमा तयार गरिएको छ । विजयपुर हाईड्रोपावर तथा वर्षायाममा झरेको पहिरोले ग्रीन ध्वस्त भएको थियो । हिमालयन गल्फ कोर्षले झण्डै १२ लाख रुपैयाँ खर्च गरेर कोर्ष तयारी गरेको व्यवस्थापक गुरुङले बताए । हिमालयन गल्फ कोर्ष विश्वकै नमूना गल्फ कोर्षमा परिचित छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…