
बाह्रखरी कर्पोरेट गल्फ उपाधि विजेता अजुर्न कार्की तथा रेखा घिमिरे ।
पोखरा-बाह्रखरी कर्पोरेट गल्फको उपाधि अर्जुन कार्काीले जितेका छन् । शनिबार पोखराको हिमालयन गल्फ कोर्षमा आयोजित कर्पोरेट गल्फमा कार्कीले एक ओभर ३५ को स्कोरसहित उपाधि जितेका हुन् ।
स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्यापको आधारमा खेलाइएको खेलमा रविन्द्र सैनी तीन ओभर ३३ सहित उपविजेतामा बने । उनी काउन्ट व्याकमा ३३ स्कोरसहित उपविजेताको हकदार बनेका हुन् ।
पार ७० को हिमालयन गल्फ कोर्षमा बेष्ट ग्रस विजेताको पुरस्कार भने काठमाडौंका गल्फर सुरेन्द्र फुयाँलले पाए । उनले २८ स्कोर गरेका थिए । ६० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको विजेता भने टेण्डी शेर्पा बनेका छन् । महिला तर्फको पुरस्कार भने रेखा घिमिरेले जितिन् ।
एनसेलको प्रायोजन रहेको बाह्रखरी कर्पोरेट गल्फ प्रतिस्पर्धामा पोखरेली गल्फर बलराम थापाले क्लोज टु दि पिनको पुरस्कार प्राप्त गरे । लङगेष्ट ड्राईभको पुरस्कार क्याप्टेन नोर्बु शेर्पाले पाउँदा सर्वाधिक बर्डी हिर्काएका पोखरेली गल्फर रमेश गुरुङ(३ बर्डी)ले पुरस्कार थापे ।
पोखरा–१४ छिनेडाडाँ स्थित हिमालयन गल्फ कोर्षमा एमेच्योर कर्पोरेट गल्फ प्रतियोगिता भने पहिलो पटक आयोजना गरिएको थियो । प्रतियोगिताले पोखरालाई खेल–पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिएको छ । एमेच्योर गल्फमा पोखराबाट दुई महिलासहित १५ जना गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । उपाधिको लागि नेपालका ७४ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
गल्फ कोर्ष बाह्रखरीकै लागि मर्मत सम्भार गरिएको थियो । ८, ९ र १३ नम्बरको होलसहित ग्रीन पूर्ण रुपमा तयार गरिएको छ । विजयपुर हाईड्रोपावर तथा वर्षायाममा झरेको पहिरोले ग्रीन ध्वस्त भएको थियो । हिमालयन गल्फ कोर्षले झण्डै १२ लाख रुपैयाँ खर्च गरेर कोर्ष तयारी गरिएको नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङ(भुवन)ले बताए ।
प्रतियोगितामा नेपालका प्रतिष्ठित व्यवसायी एवं व्यापारीक घरानाको उपस्थित रहेको थियो । संघीय पर्यटनमन्त्री भानुभक्त ढकाल, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, हिमालयन गल्फ कोर्षको निर्देशक रोशन केसी लगायतले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…