
महिला हक्की टिमको बिदाईपछि सामूहिक तस्बिरमा ।
पोखरा-मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीलाई बिदाई गरिएको छ । सोमबार पोखरा रंगशालामा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना तथा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बिदाई गरेका हुन् । उनीहरु सोमबार सुदुर पश्चिम प्रदेशको कञ्चनपुमा आयोजना हुने तेस्रो सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको खेल्न प्रस्थान गरेका छन् ।
टोलीमा नानु गुरुङ, सविना पुन, सोनु बराल, सुजाता तामाङ, प्रेमा परियार, अलिशा परियार, सृजना नेपाली, सन्ध्या नेपाली, अश्मिता बनित, दिक्षा गुरुङ, लक्ष्मी गुरुङ, तनुषा पुन, प्रिती मगर, कमला मगर र सुनिता गुरुङ रहेका छन् । यसैगरी बैकल्पिक खेलाडीमा पुजा पुन र मनिला मगर रहेका छन् । टिम प्रशिक्षक राजन नेपाली र व्यवस्थापकमा श्रीप्रसाद पुन मगर रहेका छन् ।
तेस्रो सहाना प्रधान स्मृति हक्की प्रतियोगिता यही माघ २८ गतेदेखि फागुन २ गतेसम्म कन्चनपुरको महेन्द्रनगर कभर्डहलमा आयोजना हुने छ । गण्डकी प्रदेश महिला हक्की टोलीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक, राखेप कपमा कास्य पदक, हेटौडामा आयोजित प्रतियोगितामा रजत पदक र विरगन्जमा आयोजित प्रतियोगितामा समेत रजत पदक जितेको इतिहास छ ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…