
गण्डकी प्रदेश टिम
पोखरा-नेपाल आर्मी विरुद्ध पुनरागमन गरेको गण्डकी प्रदेशले टाईगर कप क्लब च्याम्पियनसिपमा ३–१ सेटको जित आत्मसात गर्दै तीन अंक जोडेको छ ।
पहिलो सेट प्रतिस्पर्धात्मक अवस्थामा गुमाएर पछि परेको गण्डकी प्रदेशले घरेलु कोर्टमा आर्मीमाथि पुनरागमन गर्दै तीन सेट आफनो पक्षमा पार्यो । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा बुधबार भएको खेलमा आर्मीले पहिलो सेट २५–२२ मा लिदैं गण्डकी प्रदेशलाई दबावमा राख्यो । तर घरेलु दर्शक र घरेलु कोर्टको फाईदा उठाँउदै गण्डकी प्रदेशले दोस्रो सेटमा लयमा फर्कियो ।
दोस्रो सेटमा ३–६ लेपछि परेको स्थितिमा गण्डकी प्रदेश लगातार १३ अंक जोड्दै १६–६को स्थितिमा पुर्यायो । दोस्रो सेटमा आर्मीको स्पाईकलाई ब्लक गर्दै अंक जोड्यो । कप्तान हरि पाण्डेको उत्कृष्ठ स्पाईकमा समेत एकपछि अर्को गरी अंक थपिएपछि दोस्रो सेट भने गण्डकी प्रदेशले २५–१४ मा लिदैं सेट बराबरी गर्यो ।
तेस्रो सेटमा पनि आर्मीलाई खासै मौका भने गण्डकी प्रदेशले दिएन् । २५–१८ मा तेस्रो लिएपछि गण्डकी प्रदेश जितको संघारमा पुग्यो । चौथो सेटमा भने आर्मीले केही समय रेफ्रीको निर्णयलाई अस्वीकार गर्दै कोर्ट बाहिर रह्यो । आर्मीले उठाएको बललाई रेफ्रीले फउल दिएपछि आक्रोषित आर्मी केही मिनेट कोर्ट बाहिर बस्दै निर्णयको विरुद्धमा रह्यो । चौथो सेट १८–१५ को स्थितिमा आर्मी पछि थियो । कोर्टमा फर्किएको आर्मीलाई प्रदेशले २५–१७ सेटमा सुम्पिएपछि खेलको नजिता गण्डकी प्रदेशको पक्षमा पुग्यो ।
टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित महिला तथा पुरुष टाईगर कप क्लब च्याम्पिनयसिप अन्तर्गत पुरुषको दोस्रो खेल दुई विभागीय क्लब बीच प्रतिस्पर्धा हुदैं छ । नेपाल प्रहरीले शसस्त्र प्रहरीसँग प्रतिस्पर्धा गरेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…