
गण्डकी प्रदेश महिला हक्की टिम ।
पोखरा-तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी प्रदेश नेपाल आर्मीसँग २-० गोलले पराजित भएको छ । बुधबार कन्चनपुरको महेन्द्रनगरमा आयोजित प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेश आर्मीसँग पराजित हुन पुग्यो ।
आर्मीका लागि सनि खड्काले २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिईन् । त्यस्तै आर्मीको लागि अर्को गोल भने निलिमा पाण्डेले खेलको ५१औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाईन ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीलाई नै पराजित गर्दै गण्डकी प्रदेशले फाईनलको यात्रा तय गरेको थियो । तर दुई वर्षपछि आर्मीसँगको पहिलो भेटमै गण्डकी प्रदेश पराजित हुन पुग्यो । गण्डकी प्रदेशले अब दोस्रो खेल आगामी ३० गते शुक्रबार प्रदेश नं २ सँग प्रतिस्पर्धा गर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…