
रग्बीको प्रशिक्षण
पोखरा-पोखरामा पहिलो पटक रग्बीको प्रशिक्षण गरिएको छ । केही दिन अघि मात्रै गठन भएको गण्डकी प्रदेश रग्बी संघले पोखरा रंगशालामा तीन दिने रग्बी प्रशिक्षण शुरु गरेको हो ।
प्रशिक्षणमा गण्डकी प्रदेशका विभिन्न ३० जनाको सहभागिता रहेको छ । प्रशिक्षणको बिहीबार समापन हुने छ । बिहीबार समापन अघि रग्बी खेलको नियम सम्बन्धी जानकारी प्रदान गरिने रग्बी संघ गण्डकी प्रदेश रग्बी संघ उपाध्यक्ष सुवास खड्काले जानकारी दिए ।
नेपाल रग्बी संघका ट्रेनिङ एण्ड एजुकेशन संयोजक तथा प्रशिक्षक विनोद तामाङ र सह संयोजक विराट श्रेष्ठले प्रशिक्षण दिएका थिए । उनीहरुले रग्बी टच एण्ड सेभेन्स कोचिङ एण्ड म्याच अफिसियटिङ बारे ट्रेनिङ दिइएको थियो ।गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङको अध्यक्षतामा भएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…