
पोखरामा रग्बी प्रशिक्षण गर्दै ।
पोखरा-पोखरामा आयोजित तीन दिने रग्बी प्रशिक्षण सकिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ३० जना रग्बी खेलाडी तथा पदाधिकारीको सहभागिता रहेको थियो ।
गण्डकी रग्बी संघ गठन पछि पोखरामा पहिलो पटक रग्बीको प्रशिक्षण गराइएको हो । जिल्ला संघले भने लेखनाथस्थित भण्डारढीक खेल मैदानमा प्रशिक्षण गराउँदै आएको थियो । नेपाल रग्बी संघका ट्रेनिङ एण्ड एजुकेशन संयोजक तथा प्रशिक्षक विनोद तामाङ र सह संयोजक विराट श्रेष्ठले प्रशिक्षण दिएका थिए । उनीहरुले रग्बी टच एण्ड सेभेन्स कोचिङ एण्ड म्याच अफिसियटिङ बारे ट्रेनिङ दिइएको थियो ।

जुनियर तथा सिनियरको फरक फरक हुने छ । प्रशिक्षण देखि खेल्ने तरीका समेत फरक हुने संघका उपाध्यष सुवास खड्काले सुनाए । समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले रग्बीको समापनमा बोल्दै खेलको लागि आवश्यक पूर्वाधार नभएकोप्रति दुखेसोा पोखे । उनले पोखरा रंगशालाभित्र रग्बीको लागि मैदान उपलब्ध नभएपनि अन्य खेलसँग समन्वय गरेर प्रशिक्षणको व्यवस्था मिलाउने आफनो प्रतिबद्धता जनाए । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदार लगायतको उपस्थिति रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…