गण्डकी प्रदेशले आज प्रदेश २ सगँ खेल्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ३० गते २०७७ मा प्रकाशित


गण्डकी प्रदेश महिला हक्की टिम ।

कन्चनपुर-तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी प्रदेशले आज दोस्रो खेल खेल्दै छ । कन्चनपुर हक्की संघको आयोजनामा सञ्चालित प्रतियोगिताको लिग चरण अन्तर्गतको दोस्रो खेल आज प्रदेश नं २ सँग खेल्ने छ ।

गण्डकी प्रदेश र प्रदेश नं २ बीचको खेल भने पहिलो पटक हो । हक्कीमा पहिलो पटक आमने सामने भएका दुवै टोलीलाई जित अनिवार्य जस्तै छ । पोखरामा आयोजित दोस्रो सहाना प्रधान स्मृति हक्कीमा समेत गण्डकी प्रदेशसँग प्रदेश २ को भेट भएको थिएन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत आमने सामने भएका थिएनन् ।

आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण छ । जितले पदकको सम्भावना रहन्छ । दुवै नयाँ टोली हुदाँ सजग र सतर्क छन् । गण्डकी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक जित्दै कायम गरेको शाखलाई जोगाउनुपर्ने चुनौति छ । पहिलो खेलमा आर्मीसँग पराजित हुदैं निराश बनेको गण्डकी प्रदेशले आज शुक्रबार प्रदेश २ लाई जितेर तीन अंक जोड्ने प्रयासमा हुने छ ।