
प्रदेश नं २ र गण्डकी प्रदेश बीचको खेल्ने तयारीमा ।
पोखरा-गण्डकी प्रदेश तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ । आज शुक्रबार कन्चनपुरको महेन्द्रनगरमा आयोजित प्रतियोगितामा पहिलो पटक आमने सामने भएको प्रदेश नं २ सँग १–० गोलले पराजित हुन पुग्यो ।
जितले पदकको छुने थियो । तर हारले पदक विहीन हुदै फकिर्नुपर्ने अवस्था छ । मैदान अभाव र प्रशिक्षक विहीनको बाध्यतालाई थाँती राख्दै कन्चनपुर हक्की संघको आयोजनामा महेन्द्रनगर पुगेको गण्डकी प्रदेशले अब तेस्रो खेल सुदुर पश्चिमसँग खेल्ने छ । अन्तिम खेल भने गण्डकीले प्रदेश न. १ सँग खेल्दै टोली फर्किने छ ।
कविता लामाले ४६ औं मिनेटमा हानेको गोल निर्णायक हुदाँ गण्डकी प्रदेश निराश बन्न पुग्यो । अनुभवी खेलाडीविहीन गण्डकीले अधिकांश नयाँ खेलाडीलाई मैदानमा उतारेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…