
सुदुर पश्चिमसँग प्रतिस्पर्धा गर्दै गण्डकी प्रदेश । फाईल तस्बिर
पोखरा-गण्डकी प्रदेशले हारको निरन्तरतालाई दिने क्रममा सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा तेस्रो हार व्यहोरेको छ ।
कन्चनपुर हक्की संघको आयोजनामा महेन्द्रनगरस्थित खेल मैदानमा भईरहेको प्रतिस्पर्धामा गण्डकी प्रदेशले हारको श्रृखंलालाई दोहोर्याउने क्रममा सुदुर पश्चिमसँग पराजित हुन पुग्यो ।
पहिलो खेल आर्मीसँग पराजित भएको गण्डकी प्रदेशले दोस्रो खेल प्रदेश नं २ सँग हार व्यहोरेको थियो । तेस्रो खेल सुदुर पश्चिमसँग २-० गोलले पराजित भएको थियो ।
खेलको १८ औं मिनेटमा सुदुरकी सुनिता नेगीले पेनाल्टी कर्नरमा पहिलो गोल गर्दै अग्रता दिलाईन् । पहिलो गोलले दबावमा रहेको गण्डकी प्रदेशले दोस्रो हाफमा अर्को गोल खाँदै हार व्यहोर्यो । लक्ष्मी बमले ४६ औं मिनेटमा अर्को गोल थपिन् । उनको गोल नै अन्तिम गोल बन्दै २-० गोलको नजितासँगै खेल टुंगिएको थियो ।
सुदुरसँग गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फाईनलमा पराजित हुदैं उपविजेता बनेको थियो । सुदुरमा अधिकांशका राष्ट्रिय खेलाडी छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…