
file pic
पोखरा-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बजेट नभएकै कारण पोखरामा हिटिङ स्वीमिङ पुल (पौडी पोखरी)बनाउन नसकिएको स्पष्ट पारेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा पौडी पोखरी निर्माण गर्नुपर्ने खाँचो छ ।
कोरोना संक्रमणसँगै शुरु भएको लकडाउनले पौडी पोखरीको टेण्डर प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । टेण्डर प्रक्रिया अवरुद्ध हुदाँ पौडी पोखरीको निर्माण अघि बढ्न सकेको छैन् । हिटिङ बनाउनुपर्ने प्रतिक्रिया आएपछि पौडी पोखरीको डिजाईन समेत परिवर्तन गरिएको सदस्य सचिव सिलवालले सुनाए । ‘हिटिङ बनाउनुपर्छ भन्ने आशय आयो । त्यस अनुसार डिजाईन परिवर्तन गरियो ।’ आईतबार पोखरा रंगशालामा सञ्चारकर्मीसँग बोल्दै भने–‘डिजाईन परिवर्तन हुदाँ लागत बढ्यो ।’
हिटिङ पौडी पोखरी निर्माण गर्न ३० देखि ३५ करोड खर्च हुने अनुमान गरिएको छ । अनुमान गरिए अनुसार बजेट पर्याप्त छैन् । टेण्डर प्रक्रियामा घटी घटाउ गरेपछि २५ करोडसम्म झथ्र्यो होला’ उनले भने–‘टेण्डर परेपछि ठेकेदारलाई १० प्रतिशत रकम दिनुपर्छ । १० प्रतिशत नभएपछि ५ प्रतिशत रकम मोविलाईजेशनको लागि दिनुपर्छ । त्यो दिनसक्ने रकम परिषदसँग छैन् ।’ पोखरी निर्माण गर्न यो वर्ष सरकारले ५० लाख रुपैयाँ मात्रै छुट्टाएको छ । टेण्डर प्रक्रियामा जादाँ ठेकेदार कम्पनीलाई काम शुरु गर्न सामान ल्याउनकै लागि दिनुपर्ने ५ प्रतिशत रकम अभावले रोकिएको उनको भनाई थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरामा सुटिङ रेन्ज समेत निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि पनि टेण्डर प्रक्रियामा लैजानुपर्ने बाध्यता छ । त्यो पनि परिषदले अगाडि बढाउन सकेको छैन् । नवौं राष्ट्रिय खेलकुद परिषदले अर्को वर्ष हुने जिकिर सदस्य सचिव सिलवालले गरे । ‘राष्ट्रिय खेलकुद प्रतियोगितालाई तीन महिना चाहिन्छ’ उनले भने–‘यो वर्ष कोरोनाकै कारण रोकियो । अर्को वर्ष हुन्छ ।’ उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३५ खेलका खेल संघ संस्थासँग छलफल हुदाँ ३० वटा संघले तयारी गर्न सकिदैन् भन्ने निर्णय गरेपछि सम्भव हुनै कुनै भएन् ।
‘२०२० को ओलम्पिक एक वर्ष पछि सर्यो’ उनले भने–‘ हाम्रो पनि राष्ट्रिय खेलकुद एक वर्ष सर्छ ।’ उनले आगामी मंसिरभित्रमा फागुनमा गर्ने गरी मिति तय हुने स्पष्ट पारे । ‘२०७८को फागुनमा गर्ने गरी मंसिरमा मिति घोषणा गर्छौ ।’ उनको भनाई थियो । सदस्य सचिव सिलवालले बढ्दो राजनीतिक घटना क्रमकै कारण खेलकुदको अवस्थालाई ध्यानमा राख्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । उनले खेलकुद र खेलाडीलाई उत्साहित र प्रोत्साहित बनाउन दर्शक हुनुपर्ने भन्दै दर्शक विना खेलकुदको औचित्य नै नहुने स्पष्ट पारे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…