म्याग्दी र पर्वतको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ४ गते २०७७ मा प्रकाशित


तस्बिर फाईल

पोखरा- कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि पोखरा रंगशालामा मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगित शुरु भएको छ ।

आज भएको महिला तर्फको पहिलो प्रतिस्पर्धामा म्याग्दीले नवलपुरलाई २५–५, २५–१५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी स्याङजालाई भने पर्वतले सोझो सेटमा पराजित गर्ने क्रममा २५–१६, २५–२१ मा पराजित गरेको थियो ।

लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि छन् ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २/२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १/१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०/५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५÷५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाईसमेत नगद ५/५ हजारसहित ट्रफी र मेडल प्रदान छ ।