पर्वत र म्याग्दी क्र्वाटरफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ५ गते २०७७ मा प्रकाशित


बाग्लुङ र म्याग्दी बीचको प्रतिस्पर्धा ।

पोखरा-म्याग्दीले दोहोरो जितसँगै पोखरामा आयोजित मुख्यमन्त्री कप भलिबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । लिगकम नकाउटमा खेलाईएको भलिबल प्रतियोगितामा बुधबार पुरुष तर्फ म्याग्दीले बाग्लुङ र लमजुङलाई पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको हो ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भईरहेको खेलमा म्याग्दीले पहिलो खेलमा बाग्लुङलाई २५–१७, ,२१–२५ र २५–१७ को सेटमा पराजित गरेको हो । दोस्रो खेलमा म्याग्दीले लमजुङमाथि सोझो सेटको जित निकाल्ने क्रममा २५–१३ र २५–१४ को नजिता निकाल्यो ।

पुरुष तर्फकै अर्को प्रतिस्पर्धामा पवर्तले तनहुँमाथि २–१ सेटले पराजित गर्यो । पहिलो सेट २४–२६ ले गुमाएको पर्वतले दोस्रो र तेस्रो सेटमा भने २५–१७ र २५–१६ ले लिदैं जित पक्का गरेको थियो । पर्वतले पनि दोस्रो जिन निकाल्ने क्रममा मुस्ताङमाथि सोझो सेटले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गर्यो । पहिलो सेट २५–९ मा लिएको पर्वतले दोस्रो सेट भने २५–१३ मा लिन सफल भयो ।

मुख्यमन्त्री कप विजेता महिल तथा पुरुष दुवै टिमले नगद २÷२ लाख राशी नगर पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले नगद १÷१ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।