
लिगलिग साईकल रेस
पोखरा-लिगलिक कोट आफैंमा ऐतिहासिक थलो हो । ऐतिहासिक थलोलाई पर्यटकीय गन्तव्य बनाउन पहिलो पटक आयोजित साईक्लिङ रेसको उपाधि पुरुष तर्फ शसस्त्र प्रहरी बलका लक्ष्मण मल्लले जितेका छन् । महिला तर्फको उपाधि भने शसस्त्र प्रहरी बलकी सोनी गुरुङले जित्न सफल भईन् ।
लिगलिग भिलेज स्पोर्टसकको आयोजनमा शनिबार आयोजित प्रतिस्पर्धामा नेपाली सेनाका हिमाल टमटा दोस्रो भए । आर्मीकै ओकेशराज बज्रचार्य भने तेस्रो स्थानमा रहे । महिला तर्फ भने लक्ष्मी मगर दोस्रो स्थानमा रहँदा उषा खनाल भने तेस्रो स्थानमा चित्त बुझाईन् ।

१३३० मिटरको उचाईमा रहेको लिगलिग कोटबाट तल अोर्लिएर फेरी लिगलिगकोटमै पुगेर साईक्लिङ रेस पुरा भएको आयोजक लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सन्जीव रानाले जानकारी दिए । उनका अनुसार ५४.९ किलोमिटरको दुरी तय गर्नुपर्ने थियो ।
साईकल रेसलाई पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजन गरेका थिए । साईकल रेसमा विभिन्न ६ वटा इभेन्टमा प्रतिस्पर्धा गराईको थियो । महिला तथा पुरुष खुला दौडको बिजेताले २५ हजार उपविजेताले २० हजार र तृतियले १५ हजार नगद प्राप्त गरे । ६ इभेन्टकै एउटै रुट र एउटै दूरी रहेको छ । महिला तर्फ १६ र पुरुष तर्फ ६२ जना साईक्लिष्टको सहभागिता रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…