
महिला प्रतिस्पर्धाका विजेताहरु ।
पोखरा-प्राचीन ऐतिहासिक थलो लिगलिगमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित लिगलिग साईकल रेसमा गण्डकी प्रदेश महिला तर्फ गोर्खाकी उषा खनाल प्रथम, लम्जुङकी केशरी थापा मगर दोश्रो र कास्कीकी जमुना थापा तेश्रो स्थान आईन् ।
पुरुषतर्फ कास्कीका सन्दिप सुदौली प्रथम, गोर्खाका लेखप्रसाद भट्ट दोश्रो र गोर्खा पालुङटारका शिव श्रेष्ठले तेश्रो स्थान हासिल गर्न सफल भए । गण्डकी प्रदेश पुरुष र महिला तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश. ५ हजार, तीन हजार र २५ सय नगद प्राप्त गरे ।

ओभरअल प्रतिस्पर्धामा शसस्त्र प्रहरीले साईक्लिष्टद्वयले जितेका छन् । महिला तर्फ सोनी गुरुङले उपाधि उचाल्दा पुरुष तर्फ लक्ष्मण मल्लको नाममा उपाधि लेखियो । ५२.९ किलोमिटर दुरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै शसस्त्र प्रहरी वलका लक्ष्मण मल्लले लिगलिगे साइकल दौडको उपाधि जितेका हुन् । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा गोर्खाको लिगलिगकोटमा आयोजित लिगलिगे साइकल रेसमा त्रिभुवन आर्मी क्लवका हिमाल टमटाले निर्धारित दुरी २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गर्दै दोस्रो भए ।
त्रिभुवन आर्मीकै ओकेशराज बज्रचार्यले २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । प्रतियोगितामा अनिल महर्जनले सान्त्वना पुरस्कार थापे । उनले २ घण्टा ४१ मिनेट २३ सेकेण्डमा दुरी पार गरेका थिए । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रोले क्रमश २५, २० र १५ हजार तथा सान्त्वना पुरस्कार स्वरुप नगद १० हजार र पदक प्राप्त गरे ।

महिला तर्फ शसस्त्र प्रहरी वल एपीएफका सोनी गुरुङले निर्धारित दुरी ५२.९ किलोमिटर २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा पार गर्दै उपाधि जितेकी हुन् । पाधी हात पार्न सफल भइन । उपाधी संगै गुरुङले नगद २५ हजार पाईन् । प्रतियोगितामा नुवाकोटकी लक्ष्मी मगरले निर्धारित दुरी ३ घण्टा २ मिनेट ९ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गर्न सफल भइन भने गोर्खाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गर्न सफल भइन । प्रतियोगितामा प्युठानका ह्युमेइ बुढा मगरले ३ घण्टा १२ मिनेट ५५ सेकेण्डमा पार गर्दै सान्त्वना स्थान हासिल गरिन । प्रतियोगितामा दोश्रो, तेश्रो सान्त्वना हासिल गर्ने खेलाडीहरुले क्रमश २०, १५ र १० हजार नगद पुरस्कार थापे ।
प्रतियोगितामा प्रतियोगितामा पुरुष तर्फ ६२ र महिला तर्फ १७ जना खेलाडीले सहभागीता जनाएका थिए । प्रतियोगिताका बिजेताहरुलाई पालुङटार नगरपालिकाका मेयर दीपक बावु कंडेल, उपमेयर पम्फा बसेल, नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मी, नेपाल साइक्लिङ संघको अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सन्जीव रानामगर लगायतले पुरस्कार राशी प्रदान गरेका थिए ।
प्रतियोगितामा नेपाल पर्यटन वोर्ड र पालुङटार नगरपालिकाले प्रायोजन गरेको थियोभने सिरानचोक गाउपालिका र राइनास नगरपालिकाको सह प्रायोजन, नेपाल साइकल संघको प्राविधिक सहयोग, मिडिया सहकार्य हाइलाइटस टुरिजम, रेस रुट भोलिन्टेयर बौद्ध हिमाल युवा क्लव, कम्युनिकेशन सपोर्ट स्टोरी साइकल, टिसर्ट सौजन्य आंपपिपल निवासी समाजसेवी मनकाजी श्रेष्ठ (हङकङ), झण्डा सौजन्य गोरखा समाज हङकङ र २० जना खेलाडीको दर्ता शुल्क चितवन फिजिकल फिटनेस सेन्टरले प्रायोजन गरेको थियो ।