
विजेता ई.धर्मराज गुरुङलाई कास्की जिल्ला गल्फ संघका अध्यक्ष मे. लछिमीप्रसाद गुरुङ ट्रफी प्रदान गर्दै ।
पोखरा-पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधि ईन्जिनियर धर्मराज गुरुङले जितेका छन् ।
शनिबार आयोजित प्रतिस्पर्धामा गुरुङले ४३ स्कोर हिर्काए । पार ७० को कोर्षमा ७ अण्डर खेल्दै गुरुङले उपाधि जितेका हुन् । बसन्त गौचनले लेभलपार खेल्दै उपविजेता बने । उनले ३६ स्कोर गरे । १८ होलको एकदिने प्रतिस्पर्धामा भने ग्रस तर्फको विजेता भने लेफ्टिनेन्ट कर्णेल याम राना भए ।
कोर्षमा सर्वाधिक बर्डी हिर्काउने पुरस्कार भने बलराम थापाले पाए । उनले ३ बर्डी हिर्काएका थिए । होलकै नजिक हिर्काएका (क्लोज टु दि )पिन)को पुरस्कार भने लिलाजंग गुरुङ र सबैभन्दा टाढा हिर्काउने पुरस्कार भने याम रानाकै नाममा लेखियो । २५ जना प्रतिस्पर्धी थिए । विजेतालाई कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लछिमीप्रसाद गुरुङले पुरस्कार प्रदान गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…