
धरम र गोपीको जोडी बुटवल ओपन टेनिसमा
बुटवल-बुटवल ओपन टेनिसमा सहभागि पोखरेली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । ४५ वर्षको उमेर समूहको डबल्फ तर्फको प्रतिस्पर्धामा पोखरेली खेलाडीको जोडी गोपी भट्टराई र धरमबहादुर लामिछानेले अमृत रोका र उत्तम बोगटीको जोडीलाई ६-१, ६-२ को सेटले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका छन् ।
३५ वर्ष माथिको उमेर समूहको एकल तर्फको प्रतिस्पर्धामा नविन मगरले विष्णु नेपालीलाई ४-६, ६-३, ६-२ को सेटले पराजित गरेका छन् । प्रान्जल कायस्थले दावा शेर्पालाई ७-५, ४-६ र ६-४ को सेटमा पन्छाएका थिए । अनिल साईलाई भने निश्चल जंगबहादुर थापाले पराजित गरे । साई थापासँग ६-२,१-६ र ६-४ को सेटमा पराजित भएका थिए ।
५५ वर्षमाथिको उमेर समूहमा बसन्त प्रधानले जोगी टार्गेनलाई पराजित गरे । प्रधानले सोझो सेटमा जित निकाल्ने क्रममा ६-३, ६-० को सेटको नजिता निकाले । राजकुमार गुरुङले राम रानालाई ६-३, ६-४ को सेटमा पराजित गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…