
३५ वर्षमाथिको उमेर समूहको फाईनलिष्ट राजन तथा लोक ।
पोखरा-बुटवल टेनिस संघको आयोजनामा सञ्चालित चौथो बुटवल ओपन टेनिस अन्तर्गत डबल्स तर्फको उपाधि नविन मगर र रितिक रानाले जितेका छन् । आईतबार भएको फाईनल खेलमा नविन र रितिकको जोडीले सन्तोष खत्री र प्रणव खनाललाई सुपर टाईमा पराजित गर्दै उपाधि जितेका हुन् ।
पहिलो सटे ६–१ ले सहज लिएका नविन र रितिकको जोडीले दोस्रो सेट भने २–६ मा गुमाउँदै खेल सुपर टाईमा पुग्यो । सुपर टाईमा १०–२ले आफनो पक्षमा पार्दैै मेन्स डबल्सको उपाधि आफनो नाममा लेखाएका हुन् ।
मेन्स ओपन तर्फको प्रतिस्पर्धामा रितिक रानाले नविन मगरलाईलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरेका छन् । सन्तोष खत्रीले निरज गुरुङलाई ६–०, ६–४ ले पराजित गर्दा प्रणव खनालले निहालजंग थापालाई ६–१, ६–३ को सेटले पन्छाए ।
निशान श्रेष्ठले प्रणव कायस्थलाई ७–५, ६–४ को सेटमा पराजित गरेका छन् । ३५ वर्षमाथिको उमेर समूहको एकल प्रतिस्पर्धामा राजन पौडेलले अनिल सेन्चुरीलाई ६–१, ६–०ले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गर्दा धरमबहादुर लामिछानेले लोक गुरुङलाई ६–१, ६–३ ले पराजित गरेका थिए ।
४५ वर्षमाथिको उमेर समूहमा गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडी फाईनल प्रवेश गरेको छ । भट्टराई र लामिछानेको जोडीले गोपाल ज्ञवाली र अर्जुन गुरुङको जोडी माथि ६–३, ६–० को सेटमा पराजित गरेका थिए ।
३५ वर्षमाथिको उमेर समूहको पुरुष डबल्स तर्फ भने राजन पौडेल र लोक गुरुङ फाईनलमा प्रवेश गरेका छन् । उनीहरुले सन्जय श्रेष्ठ र अनिल सेन्चुरीको जोडीलाई ६–३, ६–१ को सेटले पराजित गरेका थिए । ५५ वर्षमाथिको उमेर समूहमा राजु गुरुङ र बसन्त प्रधानको जोडीले हिमाल श र जोली टार्गेनलाई ४–६, ६–३, १०–८ को सेटमा पराजित गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…