
धरम र गोपीको जोडी बुटवल ओपन टेनिसमा
पोखरा-बुटवल टेनिस संघको आयोजनामा सञ्चालित चौथो बुटबल ओपन टेनिस अन्तर्गत पोखरेली खेलाडी गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडीले ४५ वर्षमाथिको उमेर समूहको उपाधि आफनो नाममा लेखाएका छन् ।
सोमबार बुटवलमा भएको फाईनल प्रतिस्पर्धामा काठमाडौंका राजु श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई सुपर टाईमा पराजित गर्दै उपाधि जितेका हुन् । भट्टराई र लामिछानेको जोडीले श्रेष्ठ र शाहीको जोडीलाई ६–२, १–६ र १०–८ को सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् ।
यसैगरी सोही उमेर समूहको प्रतिस्पर्धामा लामिछाने फाईनल प्रवेश गरेका छन् । लामिछानेले फाईनल प्रवेश गर्ने क्रममा उत्तम बोगटीलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।
३५ वर्षको उमेर समूहको पोखरेली खेलाडी राजन पौडेल भने सेमिफाईनलबाट अघि बढ्न सकेनन् । उनलाई फाईनल यात्रा तय गर्न बुटवल टेनिस संघका अध्यक्ष सन्जय श्रेष्ठले रोकिदिए । श्रेष्ठले पौडेलमाथि निकै संघर्ष गर्दै सुपर टाईमा पराजित गर्दै घरेलु कोर्टमा श्रेष्ठ उपाधि निकट पुगे । पौडेललाई श्रेष्ठले ६–४, ३–६ र १०–८ सेटमा पराजित गरेका थिए ।
५५ वर्षमाथिको उमेर समूहको डबल तर्फको प्रतिस्पर्धामा भने पोखरेली खेलाडीको जोडी उपविजेतामा सीमित हुदैं प्रतियोगिता टुुग्याएका छन् । राजु गुरुङ र बसन्त प्रधानको जोडी फाईनलमा पराजित हुदैं उपविजेता बनेका हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…