
बागमती प्रदेश
काठमाडौ-सोनु देवकोटाको कसिलो बलिङको मद्दतमा बागमती प्रदेशले राजधानीमा जारी मेयर्सकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले एपिएफलाई २७ रनले पराजित गरेर जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । बाग्मतीले प्रस्तुत गरेको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपिएफले ४४।५ ओभरमा सबै विकेट गुमाउदै २ सय ६ रन मात्र जोड्न सक्यो ।
एपिएफका ओपनर आसिफ शेखले सर्वाधिक ५० रन जोड्दा शंकर रानाले २९,अमरसिंह रौटेलाले २७ र सन्दिप जोराले २५ रनको योगदान गरे । बाग्मतीलाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा सोनु देवकोटाको ६ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले नन्दन यादवको अविजित ६० र कप्तान ज्ञानेन्द्र मल्लको ५७ रन मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ३३ रनको योगफल तयार पारेको थियो ।एपिएफका किशोर महतो र अमरले समान २ विकेट लिएका थिए । त्यस्तै वसन्त रेग्मी र अविनाश बोहोराको नाममा समान १ विकेट रह्यो ।
सहाब आलमले ७ विकेट लिएपनि त्रिभुवन आर्मी क्लबले मंगलबार नेपाल पुलिस क्लबसँग ३ विकेटले निराश भएको छ । मूलपानी मैदानमा आर्मीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पुलिसले १८।३ ओभरमा ७ विकेट गुमाउदै पूरा गरेको थियो ।पुलिसका ओपनर सुनिल धमलाले सर्वाधिक ३९ रन जोड्दा पवन शराफले अविजित २२ र दिलिप नाथले १५ रनको योगदान गरे ।सुनिलले ४८ बलमा ३ चौ कार २ छक्का प्रहार गर्दा दिलिपले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । पवनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
८८ रनको लक्ष्य पछ्याएको पुलिसका ब्याटस्म्यानलाई आलमले दबाबमा राखेका थिए । ७ रन जोड्दा पुलिसले कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो ।दोस्रो विकेटका लागि सुनिल र दिलिपले ४१ रनको साझेदारीका साथ पुलिसलाई सहज जित दिलाउने संकेत गरेका थिए । तर नवौ ओभरको अन्तिम बलमा दिलिपनाथ, दशौ ओभरको पहिलो र अन्तिम बलमा क्रमश अनिल शाह र अमित श्रेष्ठलाई गुमाएपछि पुलिस दबाबमा परेको थियो ।
त्यसपछि ब्याटिङका लागि आएका कप्तान दिपेन्द्रसिंह ऐरी र सागर ढकालले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन् । सातौ विकेटका लागि धमला र पवनले २६ रनको साझेदारीक साथ पुलिसको सहज जित पक्का गरेका थिए । पुलिसविरुद्ध आलम एक्लैले ७ विकेट लिएपनि आर्मीको हार भने टार्न सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मी पुलिसका बलरसामु निहिर देख्दा ३०।१ ओभरमा मत्र ८७ रनमा सीमित भएको थियो । आर्मीका लोकेश बमले सर्वाधिक ३२ रन जोड्दा बिक्रम सोबले १४ र रोहित पौडेलले १३ ले रनको योगदान गरे ।अन्य कुनै पनि ब्याटस्म्यानले दोहारो अंक छुन सकेनन् । पुलिसका सागरले ५, पवनले ३ र ललित राजवंशीले २ विकेट लिएका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…