
आईएमई टेनिस
काठमाडौं-अजा रेग्मी तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् ।
मन्डिखाटारको टेनिस कोर्टमा सोमबार भएको यु–१६ गल्र्स तर्फको खेलमा अजाले निमिशालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेकी हुन् । पहिलो सेटमा ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन् ।
यु–१६ कै स्पर्धामा डोमा शेर्पाले रायाना शाहलाई ६–० र ६–० को सेटमा पराजित गर्दा अर्को खेलमा एलिसा गुरुङले त्रिशिमा शर्मालाई ६–२ र ६–३ को सेटमा पराजित गरे । दुबै विजेता पनि अन्तिम आठमा प्रवेश गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबारै सम्पन्न ब्वाइज यु–१२ तर्फको खेलमा अदिृत नेपालले जिवन सुनारलाई ६–१ र ६–१ को सेटमा पराजित गर्दा शास्वत ब्रर्जाचार्यले खेम गुरुङलाई ६–० र ६–१ तथा अविर श्रीवास्तवले स्प्रस तिमिल्सिनालाई ७–६ र ७–५ को सेटमा पराजित गरेर अन्तिम ८ मा प्रवेश गरे । गल्र्स यु–१२ तर्फ सिभाली गुरुङ वाक ओभर पाउँदै अघिल्लो चरण प्रवेश गरिन् ।
उमेर समूहबाट नै टेनिस खेलमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको टेनिस प्रतियोगितामा कुल १ सय ५ खेलाडीले सहभागिता जनाउँदैछन् । डाक्टर भगवान कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा ब्वाइज तर्फ ६५ जना र गल्र्सतर्फ ४० खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । आईटिएफ र नेपाल टेनिस संघको नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा व्वाईज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा हुँदै छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…