
आहा रारा गोल्डकप
पोखरा-१९ औं सस्करणको आहा रारा गोल्डकप शनिबारदेखि पोखरा रंगशालामा शुरु हुदैं छ । गत वर्ष लकडाउन अघि १८ औं सस्करणका टुग्याएको सहाराले फेरी कोरोना कहरकै बीचमा गोल्डकप टुग्याउने प्रयासमा छ ।
सहाराले उदघाटन खेल विभागीय क्लब सशस्त्र प्रहरी बललाई आतिथ्यता गराउने छ । घरेलु मैदानमा सहाराले गर्विलो छवि बनाउने प्रयासरत रहदाँ सशस्त्र प्रहरीले भने उदघाटन खेलमा सहारालाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्ने ध्येयमा रहने छ । सहाराको नकाउट फुटबलमा सिजनको पहिलो प्रतिस्पर्धा हुने छ । सशस्त्रले हेटौडामा आयोजित बागमती गोल्डकपमा रुस्लान थ्रीस्टारसँग पराजित हुदैं बाहिरिएको छ ।
बागमती गोल्डकपमा हारको चोटलाई उदघाटन खेलमा जित निकाल्दै बिर्सने प्रयासमा सशस्त्र प्रहरी बल हुने छ । सहाराले मनबहादुर तामाङलाई कप्तानीको जिम्मेवारी दिने छ । उपकप्तानको जिम्मेवारी भने आफनै एकेडेमीका तेस्रो व्याचका खेलाडी अशिन पोमुलिम्बुले गर्ने प्रशिक्षक विष्णु गुरुङले बताए । ‘स्ट्राइकिङमा कमजोर छ । त्रिदेव गुरुङले मध्यपंक्ति सम्हाल्दा गोलपोष्टको जिम्मेवारी भने दिप कार्कीको काँधमा हुने छ ।’ उनको भनाई थियो । प्रशिक्षक गुरुङले घरेलु मैदानमा घरेलु दर्शकलाई निराश नबनाउने प्रतिबद्धता जनाए । उनले ९० मिनेटभित्रै नजिता निकाल्ने योजनासहितको रणनीतिमा उत्रिने दावी गरे ।
सशस्त्र प्रहरी बलमा युवापुस्तका खेलाडी छन् । शारीरिक रुपमा सहारा भन्दा केही बलियो भने पक्कै देखिने छ । सहाराले सशस्त्र प्रहरी बलसँग आहा रारामा भने तेस्रो भेट हो । यसअघिको दुई भेटमा दुवैले एक एक जित निकालेका छन् । सहाराले १२ औं संस्करणमा सशस्त्र प्रहरी बललाई पराजित गर्दै अघि बढेको थियो । १२ औं सस्करणको उपाधि सहाराले आफनो नाममा लेखाएको थियो ।
दुबै बीच दोस्रो भेट पोखरा रंगशालामा १७ औं सस्करणमा भएको थियो । उक्त सस्करणमा सहारालाई सशस्त्र प्रहरी बलले उदघाटन खेलमा पराजित गर्दै गोल्डकप यात्रा सुखद बनाएको थियो । त्यही यात्रा तीन वर्षपछि फेरी पोखरा रंगशालामा दोहो¥याउने आशा र विश्वास सशस्त्र प्रहरी बलले लिएको छ । निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटमा हुदाँ सहारा पराजित हुन पुगेको थियो । एपीएफ छैटौं संस्करणको रारा गोल्डकपको उपविजेता समेत हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…