
समृद्धि र असभलाई उपाधि
काठमाडौं– तेस्रो जुनियर आईएमई खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१२ गल्र्स तर्फको उपाधि समृद्धि महर्जनले उचाल्दा यु–१० ब्वाइज तर्फको उपाधि असभ सम्राट हाडाले जितेको छन् ।
मन्डिखाटार स्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनल स्पर्धामा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६–२ र ६–१ को सेटमा पराजित गर्दा यु–१० ब्वाइज तर्फको अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६–४ र ६–३ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेका हुन् ।
यु–१४ गल्र्सको उपाधिका लागि समिरा थापा र प्रशंसा मोक्तानले अन्तिम दुई स्थान बनाउँदा सोही विधाको ब्वाइज तर्फ प्रनभ मानन्धर र राजवीर प्रधान भिड्ने भएका छन् । समिराले जेनि खड्कालाई ६–४ र ६–४ को सेटमा स्तब्ध बनाउँदा प्रशंसाले आध्या पौडेललाई ६–१ र ६–४ ले हराइन् । ब्वाईज तर्फको खेलमा प्रनभले निश्चल कायस्तलाई ६–१ र ६–१ को सेटमा हराउँदै अन्तिम दुईमा स्थान बनाएका हुन् ।
यु–१२ ब्वाइज तर्फको खेलमा दर्शिल श्रेष्ठमाथि रोमाञ्चक जित निकालदै फाइनलमा स्थान बनाए । दर्शिलले सिर्जन भट्टराईलाई ६–१, ४–६ र ६–० को सेटमा हराउँदै उपाधि यात्रा तय गरेका हुन । सामाजिक उत्तरदायित्व अनुसार सञ्चालन भएको प्रतियोगिता आइतबार सम्म सञ्चालन हुँदैछन् । कुल १ सय ५ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ब्वाइज तर्फ ब्वाइज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा भइरहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…