एपीएफ सेमिफाईनलमा, सहारा बाहिरियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २१ गते २०७७ मा प्रकाशित


एपीएफ टिम ।

पोखरा-तीन मिनेट सम्हालिन नसक्दा घरेलु मैदानमा सहारा क्लब सशस्त्र प्रहरी बलसँग आहा राराको उदघाटन खेलमा दोस्रो भेटमा फेरी एकपटक पराजित हुदैं बाहिरिएको छ । दु्रई वर्ष १७ औं सस्करणमा पनि उदघाटन खेलमै सशस्त्र प्रहरीसँगै पराजित सहाराले शनिबार घरेलु मैदानमा फेरी एकपटक सेमिफाईनल पुग्ने सपना अन्तिम मिनेटमा आईपुग्दा पुरा हुन सकेन् ।

सशस्त्र प्रहरी बल बागमती गोल्डकपको हारको पीडालाई पोखरा रंगशालामा शनिबार भुल्दै १९ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्ने पहिलो टोली बन्यो । पहिलो हाफ गोलरहित टुंगियो । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई १–०ले पराजित गर्दै जित आत्मसात गर्यो ।

प्रदीप लामाले डिबक्सभित्र मिलाईदिएको अवसरलाई आशिष लामाले हानेको लेफ्ट सट सिधै जाली चुमेपछि सहारा खेलमा फर्किने समय निकै कम समय रह्यो । यद्यपी सहाराले गोलको लागि रामा्रो मुभ बनाउन नसक्दा हारको नजितालाई स्वीकार्दै घरेलु मैदानबाटै बिदाई लियो । सहाराले प्लेइङ स्क्वाडमा आफनै एकेडेमीको एक जना खेलाडीलाई मात्रै मैदानमा उतारेको थियो । मिडफिल्डमा अशिन पोमुलिम्बुलाई अवसर दिइएको थियो । अधिकांश खेलाडी हिमायन शेर्पा क्लबका थिए ।

पहिलो हाफ सहाराले बल माथिको नियन्त्रण राख्न सफल भएपनि मुभ भने बनाउनै सकेन् । एपीएफले केही अवसर भने सृजना गर्दै घरेलु मैदानमा घरेलु टोलीलाई व्यस्त बनाईराख्यो । ११ औं मिनेटमा सुदिप सिख्राकारको फ्रिकिक सहाराका डिफेन्सले क्लियर गरेका थिए । २९ औ मिनेटमा श्याम नेपालीको क्रस पासलाई ओभरल्यापमा गएका डिफेण्डर राजन गुरुङको हेडर फष्टबारमा लागेर रिवाउण्ड हुन पुगेको थियो । उदघाटन खेलमा एपीएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए । आईतबारको खेल मछिन्द्र क्लब र अफ्रिकन रुट एशोसियसन बीच हुने छ ।
खेलाडी सम्मान

सहारा क्लबले गोल्डकपको उदघाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ठ खेलाडीबाट सम्मानित गरिएको छ । रिजाललाई नगद ३५ हजारसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले उनलाई सम्मान गरेका हुन् । सम्मान एवं नगदको प्रायोजन भने सहारा क्लबका मानार्थ सदस्य र एवं कास्की जिल्ला फुटबल संघको पूर्व अध्यक्ष खेमबहादुर गुरुङले गरेका हुन् ।