
यु–१९ दुईदिवसीय टेष्ट सिरिज
पोखरा-यु–१९ दुईदिवसीय टेष्ट सिरिज अन्तर्गत शुक्रबार कास्की हरियोले ४८ रनले अग्रता लिएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित टेष्ट सिरिजमाा टस हारेर व्याटिङमा उत्रिएको कास्की रातो केवल ७८ रन बनाउने क्रममा सबै विकेट गुमाउन पुग्यो ।
कास्की रातोले ३९ ओभर मात्रै खेल्यो । सस्तैमा समेटिने क्रममा सुवास भण्डारीले ५ विकेट लिए । अघिल्लो दिन कास्की निलोसँग बराबरीमा सिरिज टुग्याएको रातोले दोस्रो टेष्ट सिरिजमा भने प्रभावकारी खेल देखाउन भने सकेन् ।
आफनो पहिलो इनिङ शुरु गरेको कास्की हरियोले ५ विकेटको क्षतिमा १२६ रन बनाई खेलिरहेको छ । पहिलो दिनको समाप्ती हुदाँ हरियोले सुवास भण्डारीको ४४ रन नटआउटमा १२६ रन बनाएको छ । पाँच विकेट अझै बाँकी छ । शनिबार विहान हरियोले आफनो पहिलो इनिङ टुग्याएर दोस्रो इनिङको लागि कास्की रातोलाई आमन्त्रण गर्ने छ ।
हरियोको लागि भण्डारीले ४४ रनमा क्रिजमा रहँदा सिब्रिन श्रेष्ठ भने ३२ रन बनाई आउट भईसकेका छन् । कृष्ण पौडेल र निर्मल तिमिल्सिनाले दुई दुई विकेट लिएका छन् ।
पोखरा क्रिकेट क्लबको प्रायोजन तथा कास्की क्रिकेट क्लबको व्यवस्थापनमा आयोजित प्रतियोगितामा तीन टोली टेष्ट सिरिजमा प्रतिस्पर्धा गर्ने छन् । टेष्ट सिरिजमा कास्कीसहित नवलपुर, बाग्लुङ, तनहुँ र स्याङजाबाट खेलाडी छनोट गरी टोलीमा समावेश गरिएको छ । प्रशिक्षक रिजन प्रजुका अनुसार टेष्ट सिरिजले क्रिकेट विकासमा नयाँ टेवा पुग्ने छ । शनिबार कास्की रातो र हरियो बीच दोस्रो दिनको खेल शुरु हुने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…