
यु–१९ कास्की हरियो टिम ।
पोखरा-कास्की रातोलाई यु–१९ क्रिकेट सिरिज अन्तर्गत कास्की हरियोले ३२ रनले पराजित गरेको छ । शनिबार आफनो दोस्रो इनिङ शुरु अगावै कास्की हरियोले जित निकाल्यो ।
अघिल्लो दिन १२६ रनबाट कास्की हरियोले दोस्रो दिन शुरु गरेको थियो । यद्यपी आफनो पहिलो इनिङको पारी घोषणा गर्नुअघि कास्की हरियोले १७८ रन बनाउँदै ९ विकेट गुमाईसकेको थियो । हरियोले १७८ मै आफनो इनिङको घोषणाा गरेपछि कास्की रातोले आफनो दोस्रो इनिङ शुरु गरेको थियो । सुवास भण्डारीले इनिङमा ६० रन बनाए । पहिलो दिन उनी व्यक्तिगत ४४ रनमा नटआउट थिए । प्रमेद बास्तोलाले २० रन नटआउटमा रहे ।
दोस्रो इनिङ शुरु अघि नै कास्की रातो १०० रनले पछाडी थियो । कास्की रातोले आफनो दोस्रो इनिङमा उत्कृष्ट प्रदर्शन गर्न भने सकेन् । १०० रनले पछि परेको कास्की रातो ६८ रनमै समेटियो । दोस्रो इनिङमा ६८ रन बनाई आउट हुदाँ कास्की हरियोका कप्तान सुवास भण्डारीले ६ विकेट लिए ।
दोस्रो इनिङमा कास्की रातोका विकास अधिकारीले सर्वाधिक २२ रनको योगदान दिए । अन्य व्याट्सम्यान भने सस्तैमा पभेलियन फर्किए । हरियोले भने आफनो दोस्रो इनिङ शुरु नै गरेन् । भण्डारीलेृ ६ विकेट लिदा निश्चल भुषालले ३ विकेट लिएका थिए ।
कास्की, तनहुँ, बाग्लुङ, स्याङजा र नवलपुरबाट खेलाडी छनोट गरी तीन टिम तयार गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । आईतबार कास्की हरियो र निलो बीच प्रतिस्पर्धा हुने छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजनमा पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिज शुरु भएको हो । बैशाख १ गतेसम्म प्रतियोगिता चल्ने छ । प्रतियोगिताको व्यवस्थापन भने कास्की क्रिकेट क्लबले गरेको छ । विजेता टिमले च्याम्पियन ट्रफी प्राप्त गर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…