
क्याडी गल्फ
पोखरा-बुद्धिमान गुरुङले आफनो जन्मोत्सवको अवसरमा आयोजित क्याडी गल्फ प्रतियोगितामा सिनियर तर्फ अनिल विकले जितेका छन् । १८ जना सहभागि रहेको सिनियर तर्फको प्रतिस्पर्धामा अजय विक दोस्रो र कुमार परियार तेस्रो भएका थिए । सिनियर तर्फको प्रतिस्पर्धा १८ होलमा स्ट्रोक प्लेमा खेलाईएको थियो ।
यसैगरी जुनियर तर्फको प्रतिस्पर्धामा शिव विक प्रथम र आशिष विक दोस्रो भए । जुनियरलाई ९ होलमा प्रतिस्पर्धा गराईएको थियो । गुरुङले वर्षेनी आफनो जन्मोत्सवको अवसरमा क्याडी प्रतियोगिताा आयोजना गर्दै आएका छन् । जुनियर तर्फ १२ जनले सहभागिता जनाएका थिए ।
गुरुङ ६६ वर्षका भए । उनले क्याडीसँगै आफनो जन्मोत्सवमा केक काटेर मनाए भने । क्याडीलाई खाना समेत खुवाएका थिए । गुरुङले आगामी वर्षहरुपमा समेत आफनो जन्मोत्सवको अवसरमा क्याडी प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…