
प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ
पोखरा-मनाङबाट निर्वाचित भएका प्रदेश सदस्य राजीव गुरुङ(दिपक मनाङे) युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको खेलकुद मन्त्रालय फुटाएर गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनको बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ खुवाएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । गुरुङ आफैंमा फुटबलर समेत हुन् । केही महिना अघि मात्रै पुरानो टुडिखेलमा आयोजित एट ए साईड भेट्रान्स फुटबल प्रतियोगितामा समेत जर्सी लगाएर मैदानमा उत्रिएका थिए ।
मनाङबाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका गुरुङ पछिल्लो समय पनि मन्त्री बन्ने सम्भावना थियो । नेपाली काँग्रेसले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । अविश्वास प्रस्ताव माथि छलफलको क्रममा उनै मनाङे भने उपस्थिति भएका थिएनन् । उनको अनुपस्थितिले बर्तमान सरकारलाई नै विश्वासको मत दिने योजना सार्वजनिक भईसकेको थियो । उनले मुख्यमन्त्री गुरुङको विरुद्धमा मनाङबासीले जान नदिएको भन्दै छलफलमा उपस्थित हुन नसकेको प्रतिक्रिया सार्वजनिक भएसँगै उनी मन्त्री बन्ने सम्भावना रहेको अडकल काटिएको थियो ।
नवनियुक्त खेलकुद मन्त्री गुरुङ २०७६ सालमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेपछि चर्चामा थिए । फुटबल प्रतियोगिताको उदघाटन समारोहमा मन्त्री गुरुङले अध्यक्ष गुरुङमाथि हातपात गरेपछि प्रहरीले अनुसन्धानको लागि दुईदिन हिरासतमा राखेको थियो । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा खेलकुद मन्त्रालय फुटाएर जिम्मेवारी सुम्पिएसँगै प्रदेश सरकारले अघि सारेको खेलकुदका पूर्वाधार निर्माणलाई कसरी अघि बढाउने छन् भन्ने विषय सर्वत्र चासोको विषय बनेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…