
स्पोर्टस अवार्ड
पोखरा-आगामी सोमबार आयोजना हुने तयारी गरिएको पोखरा स्पोर्टस अवार्ड दोस्रो पटक स्थगित हुन पुगेको छ । कोरोना भाईरसको दोस्रो लहरसँगै निषेधाज्ञा लगाइएपछि पाँचौ पोखरा स्पोर्ट्स अवार्ड स्थगित गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । गत वर्षपनि चैतमा आयोजना गर्ने तयारी गरिरहँदा कोरोना भाईरसकै कारण लकडाउन भएपछि स्थगित गरिएको थियो ।
मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीका अनुसार नयाँ भेरियन्टको संक्रमण फैलिरहँदा स्वास्थ्यप्रतिको गम्भीरतालाई ध्यानमा राख्दै अवार्ड अर्को सूचना नभईन्जेलसम्म स्थगित गरिएको छ । मञ्चले खेल पत्रकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित साथ सञ्चारकर्ममा लाग्न समेत आग्रह गरेको छ । मञ्चले आगामी बैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रदान गरिने भनिएको स्पोर्टस अवार्डमा खेलाडीहरुको मनोनयन समेत सार्वजनिक गरिसकिएको थियो ।
पाचौं पोखरा स्पोर्टस अवार्ड २०७७ मा वर्ष पुरुष खेलाडीहरुमा कराँतेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनिया र फुटबलका सुमन अर्याल मनोनयनमा परेका छन् । वर्ष महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेका छन् ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा स्वीमिङकी दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्री मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा परेका हुन् । यो वर्ष वर्ष पुरुष तथा महिला खेलाडीलाई नगद २ लाख रुपैयाँ प्रदान गरिने छ । अन्य विधालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…