
आँटीघर मौजामा निर्माणाधिन फुटबल मैदान
पोखरा-आर्थिक वर्ष सकिनै लाग्दा महानगरपालिकाको खेलकुद पूर्वाधार काम धमाधम गरिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम गरिएको छ ।
पोखरा–२० आँटीघर मौजामा पोखरा महानगरपालिकाले उचाईको खेल मैदान निर्माण शुरु गरेको छ । फुटबल मैदान सहितको अन्य पूर्वाधार बनाईने छ । त्यसको आवश्यक विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकिएको छ । डिपिआर अन्तर्गत नै महानगरपालिकाले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा खेल मैदानको लागि ५० लाख रुपैयाँ उपलब्ध गराइएको हो । ‘आर्थिक वर्ष सकिनै लाग्दा काम भने धमाधम छ । रोकिएको छैन्’ पोखरा–२० का वडाध्यक्ष सीम गुरुङले भने–‘१५÷२० जनाले नियमित रुपमा काम गरिरहेका छन् । बाहिरी व्यक्तिको प्रवेश गाँउमा छैन् ।’
उनका अनुसार गत आर्थिकवर्ष महानगरपालिकाले ७ लाख ५० हजार र वडाले १ लाख गरी ८ लाख ५० हजार रुपैयाँ बजेट बाट जमिन सम्याउने काम गरिएको थियो । महानगरकै उचाई(१७ सय मिटर उचाई)मा निर्माणाधिन अवस्थामा रहेको मैदानलाई दीर्घकालिन योजना अन्तर्गत बजेट विनियोजन हुने छ । डिपिआर पछि छुट्टाइएको बजेटबाट जमिन सम्याउने र रिटेनिङवाल लगाउने काम गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ । कास्कीकै अग्लो स्थानको फुटबल मैदान पोखरा महानगरपालिका वडा नं २० मौजाका वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार दशकअघि मेला र महोत्सव गर्ने स्थललाई अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान बनाउन महानगरपालिकासँगै स्थानीयबासी कस्सिएका हुन् । आँटीघर मौजाको थाप्लोमा रहेको सार्वजनिक जग्गामा निर्माण शुरु गरिएको छ । मैदान भन्दा उत्तर तर्फ भने मानवबस्ती छैन् । घनाजंगल छ ।
वडाध्यक्ष गुरुङ भन्छन–‘मैदान निर्माणपछि स्पोर्टस टुरिज्म प्रोमोसनमा हुने आशा र विश्वास छ । त्यसैले दीर्घकालिन योजनालाई पुरा गर्ने तर्फ सबै जुट्नुपर्छ ।’ मैदानसँगै अतिथिहरुको लागि होम स्टे गर्न सकिने उनको भनाई थियो । फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनको विश्वास थियो । मैदान फुटबलको मापदण्ड अनुसारकै निर्माण हुने छ । डाडाँ खारेर ११० मिटर लम्बाई ६५ मिटर चौडाईको फुटबल मैदान सम्भावनालाई डिपिआर तयार हुनु अघि नै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरले औल्याईसकेका थिए । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…