
काठमाडौं । काठमाडाैं रेजर्समाथि अतिरक्ति समयमा रोमाञ्चक जित निकाल्दै धनगढी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ ले स्तब्ध बनाउँदै अन्तिम दुई स्थान बनाएको हो । पहिलो पटक नेपाल आयोजना भएको फ्रेन्चाईज प्रतियोगितामा धनगढीले काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै इतिहास रच्ने संघारमा पुगेको हो ।
निर्धारित ९० मिनेट दुबै टोलीले १–१ गोलको बराबरी खेले पछि खेल अतिरिक्त समय तिर धकेलिएको थियो । निर्धारित समय बराबरीमा सकिँदा पहिलो गोल काठमाडौं रेजर्सले गरेको थियो । सुरुआती अग्रता लिएको काठमाडौंले कायम राख्न असफल रह्यो । काठमाडौंका लागि ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै टोलीलाई सुरुआती अग्रता निकालेका थिए ।
तर काठमाडौंको अग्रता धेरै समय टिकेन । तीन मिनेट पछि धनगढीका पुजन उपरकोटीले बाइसाइकल किकमार्फत गोल गर्दै धनगढीलाई बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछिको बाँकी समयमा पनि दुबै टोली स्पष्ट जित निकाल्नका लागि आक्रामक खेले पनि सफल हुन सकेनन् । अतिरिक्त समयतिर धकेलिएको खेलमा धनगढीका विशाल राई १ सय ८औं मिनेटमा गोल गर्दै टोलीको जित निश्चित गरे ।
लिग चरणको खेलमा पनि धनगढीले काठमाडौं रेजर्सलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । यस अघि काठमाडौले निर्धारित समयमा पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा उपाधि नजिक पुग्न इलिमिनेटर खेल खेल्नु पर्ने भएको हो । इलिमेनेटरमा काठमाडौंले ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी फुटबल क्लबबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा धनगढीका फ्रान्कलिन कुइटे प्लेयर अफ दि म्याच चुनिएर नगद २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर अफ दि म्याचको उपाधि पनि धनगढीका सौजन राईले जिते । राईले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा बुधबार दोस्रो क्वालिफायर खेल ललितपुर सिटी र बुटवल लुम्बिनी फुटबल क्लबबीच खेल हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…