
काठमाडौं । ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो । अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । मेसौके जारी प्रतियोगितामा सर्वाधिक ७ गोल गर्ने खेलाडी पनि भएका छन् । यस्तै स्टेफेन बिनोङले काठमाडौं रेजर्सका लागि तोस्रो गोल गर्दै जित सुनिश्चत गरेका थिए ।
प्रतिस्पर्धात्मक भएको खेलमा मेसौकेको पासमा स्टेफेनले बल अगाडी बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टी प्रहार आएका मेसौकेले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडी बढाउँदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले आकर्षक गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

यस अघि २८ औं मिनेटमा ललितपुरका गौरव बुढाथोकी पेनाल्टी बक्स भित्र पाएको सुन्दर अवसर गुमाउन पुगेका थिए । कप्तान अञ्जन बिष्टको पासमा गोलकिपर विकेश कुथु अघि बढेको अवस्थामा गौरवले खाली पोस्टमा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
६० औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३–० को अवस्थामा पु¥याए । तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलकिपर अर्पण कार्कीसँगको वान भर्सेज वानमा आकर्षक गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । ७१ औं मिनेटमा काठमाडौंका डिफेन्डरले फाउल गरेपछि ललितपुरले फ्रिकिक पाएको थियो । तर, डोना थापाको फ्रिकिक प्रहार क्रसबारको केही माथिबाट बाहिरियो । ८० औं मिनेटमा मैदानको दायाँ भागबाट प्रवेश कुँवरको प्रहारलाई गोलकिपर विकेश कुथुले बचाए । निर्धारित समय सकिन एक मिनेट बाँकी रहदा अन्जनको पासमा नुर्लानको हेडर आकाशिएको थियो ।
काठमाडौंले शनिबार पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंसँग खेल्ने छ । पहिलो क्वालिफायरमा काठमाडौं अतिरिक्त समयमा २–१ गोल पराजित भएको थियो । काठमाडौंलाई फाइनल खेल धनगढीविरुद्ध बदला लिने अवसर पनि भएको छ ।
दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको ललितपुर भने बाहिरिएको छ । खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच घोषित हुँदै नगदा २५ हजार रुपैयाँ हात पार्दा इमर्जिङ प्लेयर अफ दि म्याचको उपाधि काठमाडौंका आशिष गुरुङले पाए । आशिषले १० हजार प्राप्त गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…