
ललितपुर- ललितपुरस्थित इखाछें आईसोलेसन वार्डको लागि नेपाल ब्याडमिन्टन अम्पायर समूहको तर्फबाट स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । उन्नति फाउण्डेशनको सहयोगमा अम्पायर समूहले वार्डमा खटिने ब्यक्ति तथा संक्रमितका लागि ५० पिसको ४० बक्स सर्जिकल मास्क प्रदान गरेको हो । मास्क समूहका सदस्य द्वय अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र राष्ट्रिय अम्पायर राजु देउजाले आईसोलेसन वार्डकी स्वास्थ्य स्वयंसेविका कृती शाक्यलाई प्रदान गरे ।
अघिल्लो बर्ष कोभिडको प्रकोप बृद्धि हुन थाले पश्चात समूदायलार्य संक्रमणबाट जोगाउन समूदायस्तरबाट संचालनमा आएकोकोभिड १९ को प्रकोपमा बृद्धिका कारण विभिन्न स्थानमा संक्रमितहरुका लागि आईसोलेसन वार्डहरु संचालनमा आई रहेको छ ।
अघिल्लो बर्ष देखिनै समूदायलाई संक्रमणबाट जोगाउन ललितपुर वडा ११ स्थित समूदायस्तरमानै इखाछे कोभिड आईसोलेसन वार्ड स्थापना गरि कोभिड संक्रमितको रेख देख, सुविधा सम्पन्न स्वास्थ्य उपचारका साथै स्वास्थ्य सरसल्लाह, अक्सिजनको ब्यवस्था तथा औषधी उपलब्ध गराउँदै आईरहेको इखाछें टोल कमिटिका सचिव एवं ब्याडमिन्टन राष्ट्रिय अम्पायर अनुपरत्न शाक्यले जानकारी गराए ।
हाल उक्त आईसोलेसनमा डा. मिलन बज्राचार्य, डा. ईरिशा तण्डुकार, स्टाफ नर्स कृतिका बज्राचार्य र ल्याब असिष्टेन्ट कृती शाक्यको स्वास्थ्य टोलीले कार्य गर्दै आईरहेका छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…