एसियन च्याम्पियनसिपकालागि महिला भलिबलको बन्द प्रशिक्षण आजबाट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १ गते २०७८ मा प्रकाशित


काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रशिक्षणका लागि  कोरोना महामारीलाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गरिने संघले जनाएको छ ।

जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि  स्थगित गरेको थियो । अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि  नेपाली टिमले मंगलबारबाट प्रशिक्षण थाल्न लागेका हुन् ।

संघले गत १४ जेठमा एसियन च्याम्पियनसिपको तयारीलाई लक्षित गर्दै चैत्र तेस्रो आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय छनोट समितिले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो ।

प्रारम्भिक सुचीमा परेका २७ खेलाडीको पीसीआर परिक्षण भएको छ । पुलिसका तीन खेलाडी कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ पुलिसकै आन्तरिक तालिममा रहँदा पीसीआर परिक्षणमा उपस्थित भएका छैनन् ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

आर्मी क्लब – सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो

न्यु डायमण्ड – प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य

नेपाल पुलिस – उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द

एपीएफ – सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी

भरतपुर – सरस्वती कट्टेल