पोखरा अन्तराष्ट्रिय विमानस्थलले बर्खे भेल नतर्कउँदा गल्फ कोर्ष जोखिममा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ४ गते २०७८ मा प्रकाशित


पोखरा-पानीको सहज निकास नहुदाँ वर्षेनी हिमालयन गल्फ कोर्षमा समस्या बल्झिन्छ । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष विजयपुर खोलाको तटमा छ । तर खोलामा आउने बाढीको चिन्ता हुदैन् । चिन्त थपिन्छ निर्माणाधिन पोखरा विमानस्थलबाट ओर्लिनले पानीले ।

निर्माणाधिन पोखरा विमानस्थलको पानीको सहज निकास छैन् । निकास नहुदाँ पानी अन्धाधुन्द रनवेदेखि पश्चिम दक्षिण खस्छ । छहराको रुपमा झर्ने पानीले वर्षेनी गल्फ कोर्षलाई समस्यामा पुर्याउँछ । लगातार परेको झरीले विमानस्थलबाट झरेको पानीकै कारण पहिलो खस्दै आएको छ । खसेको पहिरोले गल्फ कोर्षको ग्रीनमा समस्या निम्त्याउने गरेको छ ।

‘विमानस्थलबाट आउने पानीलाई सहज व्यवस्थापन नहुदाँ वर्षेनी गल्फ कोर्षमा समस्या थपिने गरेको छ ।’ हिमालयन गल्फ कोर्षका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन)ले भने–‘विमानस्थले पानीलाई व्यवस्थापन गर्ने तर्फ गम्भीर बन्नुपर्छ ।’ पानीको निकासका े नहर निर्माण गरेको छ । बनाइएको नहरलाई अघिल्लो पटक आएको पानीको बहावले भत्काईदिएको छ । अहिले पनि नहरबाट भन्दा बाहिरबाट पानी झर्ने गरेको छ ।

विमानस्थलले पानीको निकासको लागि नहर नबनाएको भने होईन् । तर नहरमा पानीको बहाब बढी हुदाँ समस्या सृजना हुने गरेको छ । ‘नहरबाट भन्दा बाहिरबाट पानी बढी झर्दा पहिरो खस्ने गरेको छ’ उनले भने–‘पहिलो खसिरहँदा विमानस्थलको ३÷४ रोपनी जमिन खोलामा झरिसकेको छ ।’ खसेको पहिरोले खोला किनारमै रहेको कोर्षको ग्रीन पुरिएको छ । ‘कोर्षको ३ नम्बर होल र ८ नम्बर होलमा बढी क्षति पुगेको छ ।’ उनका ेभनाई थियो ।

वर्षायाम शुरु भएपछि चिन्तपीर बढ्दै जान्छ । वर्षेनी खोलासरी आउने पानीले कोर्षमा क्षति पुर्याउँदा मर्मत गर्न बढी खर्च हुने गरेको छ । अघिल्लो पटक पनि वर्षायाममै पानी पश्चिम तर्फबाट झर्दा पहिरो खसेको थियो । त्यसले कोर्षकोलाई लाखौं रुपैयाँ खर्च बढाईदिएको गुनासो हिमालयन गल्फ कोर्षले गर्दै आएको छ । ‘विमानस्थलको पानीको निकासलाई सही ढंगले व्यवस्थापन गरिदिए वर्षेनी पहिरो खसेर मर्मत गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य हुने थियो ।’ उनी दुईदिन अघिको घटना सम्झदै भने ।

हिमालयन गल्फ कोर्ष विश्वकै नमूना कोर्षभित्र पर्छ । १८ होलको कोर्ष पश्चिम तर्फ छैन् । नेपालमा काठमाडौंको गोकर्ण गल्फ कोर्ष, रोयल नेपाल गल्फ कोर्ष, धरानको निर्वाणा गल्फ कोर्ष छन् । पश्चिम तर्फ नवलपुरस्थित चौधरी समूह(सिजी)भित्रको ९ होलको कोर्ष छ । त्यस बाहेक अन्यत्र भने गल्फ कोर्ष छैन् । पोखरामै गण्डकी प्रदेश सरकारले गल्फ कोर्ष र गल्फ एकेडेमी बनाउने चर्चा गरेपनि ठोस उपलब्धी भने भएको छैन् । गल्फ कोर्षसँगै गल्फ एकेडेमी अत्याबश्यक भएपनि कोर्ष निर्माण गर्ने तर्फ चासो दिनुपर्ने आवश्यकता छ । भइरहेको हिमालयन गल्फ कोर्ष वर्षेनी विमानस्थलको पानीको निकास व्यवस्थित नहुदाँ निम्त्याउने जोखिमले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गल्फ प्रतियोगिता आयोजनाको लागि वर्षेनी लाखौं रुपैयाँ खर्च गरेर मर्मत गर्नुपर्ने बाध्यता छ ।