
काठमाडौं-नेपाल ओलम्पिक कमिटि र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्विन्धि सम्झौता भएको छ । टोकियो ओलम्पिक २०२० सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो ।
सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताए । अहिलो टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भएता पनि लामो समय सम्म सहकार्य र साझदारी गर्न छलफल भएको बताए । यो सम्झौता महत्वपूर्ण थालनी भएको भन्दै खेलकुदको माध्ययमबाट प्रायोजकहरुलाई पनि सहयोग गर्ने बताए ।
कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई केल्मीको सामान प्रायोजन गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले हाल टोकियो ओलम्पिक सम्मका लागि राम्रो गुणस्तरको सामन प्रायोजन गरेता पनि लामो समय सम्म ओलम्पिक र केल्मीबीच सहयोगको सोच रहेको बताए । केल्मीले यस अघि एन्फा, विभागिय टोली, तेक्वान्दो, करातेलाई प्रायोजन गरेको र भलिबलसंग सहकार्य गर्दै आएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…