नेपालको झन्डा गौरिकाले बोक्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २९ गते २०७८ मा प्रकाशित


पोखरा -केहीदिनपछि शुरु हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा १३औं दक्षिण एसियाली खेलकुद सागकी चार स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंहले बोक्ने छिन । नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा पौडीकी गौरिकाले बोन्ने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

२०१६ को रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिका सबै भन्दा कम उमेरकी खेलाडी बनेकी थिइन् । यस्तै नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेको ओलम्पिक कमिटिले जनाएको छ । टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरि कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । जसमा पाँच खेलाडी र चार प्रशिक्षकले सहभागि हुँदै छन् ।

टोकियो ओलम्पिकमा पौडीबाट गौरिकासँगै एलेक्जेन्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन । कोरोना महामारीले गर्दा वर्षदिन धकेलिएको प्रतियोगितामा नेपालले तयारी सोच जस्तो हुन नसकेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले स्विकार गरे । पदकको लागि भन्दा यो संस्करणमा नेपालले कीर्तिमान सुधारका लागि खेल्ने बताए ।

नेपालबाट ओलम्पिक सहभागि हुन लागेका खेपौडीका दुई र एथलेटिक्सका एक खेलाडीले युनिभर्सियालियाटी प्लेसमार्फत अवसर पाएका हुन भने बाँकी दुई खेलाडीलाई वाइल्डकार्डको बाटो लागेको हो । गौरिकाले वुमेन्स १ सय फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सानियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतिले वुमेन्स १०० मिटर दौडमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

कडा स्वास्थ सुरक्षा ब्यवस्थपनबाट आयोजना हुन लागेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । कार्यक्रमा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई कामरु ट्रेडिङले पोसाक प्रदान गरेको छ । यस्तै अलिबाबा अन्तर्गतको दराजले प्रतियोगिताको प्रचार प्रसार तथा प्रवद्र्धनका लागि प्रायोजन सोही कार्यक्रममा गरेको छ । यस अनुसार टोकियो ओलम्पिक तथा नेपालको सहभागितालाई लिएर विद्युतीय माध्यमबाट प्रचार प्रसार गरिनेछ ।

ओलम्पिकका लागि पौडीको टिम जापान गइसकेको छ । बाँकी नेपालबाट टिम जुलाईको १९ तारिखसम्म जाने तयारी भइरहेको छ । कोभिडका कारण यसपटक खेलाडीलाई भिलेज र खेल स्थल भन्दा बाहिर जान नपाउने नियम बनाएको छ भने टोकियो जानु भन्दा अगाडी दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र त्यहाँ पुगेपछि चार दिनको क्वारेन्टिन बस्नुपर्ने बताइएको छ ।