
टोकियो पुगेको नेपाली टोलीलाई स्वागतको क्रममा ।
पोखरा-टोकियो ओलम्पिकमा सहभागि नेपाली खेलाडीसहितको पदाधिकारी एवं प्रतिनिधि टोली जापान पुगेको छ । २३ तारिखदेखि शुरुहुने ओलम्पिकमा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खेलाडी, अफिसियलसहित २२ सदस्यीय टोली मंगलबार जापान पुगेको हो ।
स्वीमिङकी गौरिका सिंहले ओलम्पिक एरिनामा राष्ट्रिय झण्डा बोक्ने छिन् । स्वीमिङकै एलेक्स राणा, जुडोकी सोनिया भट्ट, एथलेटिक्सकी सरस्वती चौधरी र सुटिङकी कल्पना नेपालीले प्रतिस्पर्धा गर्ने ओलम्पिक भिलेजबाट राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ओलम्पिक यात्रामा दुई पत्रकारसहित युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशुकमार सिलवाल तथा बोर्ड सदस्य सुवास श्रेष्ठ लगायतको टोली जापान आईपुगेको छ ।
जापान पुगेको खेलाडी, अफिसियलको टोली क्वारेन्टिनमा बस्ने छ । सबैको कोरोना परीक्षण समेत गरिने छ । पत्रकारको रुपमा कान्तिपुरका राजु घिसिङ र नेपाल टेलिभिजनका दुर्गनाथ सुवेदी(अध्यक्ष खेलकुद पत्रकार मन्च) छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…