
काठमाडौं- पौडीवाच गौरिका सिंहले टोकियो ओलम्पिक अन्र्तगत १ सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्दा राष्ट्रिय कीर्तिमान बनाएकी छिन ।टोकियो एक्वेटिक सेन्टरमा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन । हिट चरणमा गौरिकाले १.००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन । हिट एकमा प्रतिस्पर्धा गरेकी गौरिका तेस्रो स्थानमा रहेकि थिइन् । ५० मिटरको लामो कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी पछि छिन् ।
यस अघि गौरिकाको नाममा १।००।६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन ।
नेपालका गौरिका सिंहले राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि अघिल्लो चरणमा भने पुग्न सकिनन् ।
हिट चरणको प्रतिस्पर्धामा उनी नाइजेरीया र म्यानमारकी खेलाडी भन्दा पछाडी रहिन । जारी टोकियो ओलम्पिकमा यस अघि पुरुष एक सय मिटरको प्रतिस्पर्धामा एलेक्स शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनी आफ्नो हिट चरणमा पहिलो भएका थिए । ओलम्पिक अन्तर्गत सुटिङकी खेलाडी कल्पना परियारले ब्यक्तिगत प्रदर्शनमा सुधार गरेकी थिइन भने जुडोकी सोनिय भट्टपनि पहिलो चरणमा नै बाहिरिएकी थिइन् ।
अब टोकियोमा नेपालबाट एथ्लेटिक्सको मात्र प्रतिस्पर्धा बाँकी रहेको छ । यसमा नेपालबाट सरस्वती चौधरीले एक सय मिटरमा प्रतिस्पर्धा गर्नेछिन । सरस्वतील जुलाई ३० मा खेल्नेछिन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…