
काठमाडौं-नेपाली क्रिकेटमा अब ७७ नम्बरको जर्सी प्रयोग हुदैन् । ७७ नम्बरको जर्सी पारस खड्काले लगाउँदै आएका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिसके । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले लगाउँदै आएको जर्सी नम्बर ७७ अन्तराष्ट्रिय क्रिकेटमा प्रयोग नगरिने नेपाल क्रिकेट संघले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै पूर्व कप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो । नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मान स्वरुप खेल्ने क्रममा प्रयोग गर्दै आईरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ ९क्यान०का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।
‘पारसले नेपाली क्रिकेटलाई दिएको योगदानको कदर गर्दै ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय भएको छ,’ सचिव प्याकुरेलले भने, ‘बैठकले जर्सी नम्बरको विषयमा मात्र निर्णय गरेको छ । विदाईको विषयमा भने छलफल भएको छ । तर औपचारिक निर्णयक भने भएको छैन् । छलफलकै क्रममा रहेकाले आउँदा दिनमा के गर्ने भन्ने बैठकले निर्णयक गर्नेछ ।’
झन्डै दुई दशक नेपाली क्रिकेटमा समय विताएका पारसले गत मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । जुन घोषणा नेपाली समर्थक र खेलाडीका लागि अनपेक्षित निर्णय भएको थियो । पारसको नेतृत्वमा नेपाली टोलीले डिभिजन पाँच देखी क्रिकेट सफलताको श्रेणी उक्लिँदै आएको थियो । सफलताको क्रममा नेपालले एक दिवसीय मान्यता पाउँदा २०१४ मा विश्वकप ट्वान्टी–२० क्रिकेट पनि उनकै कप्तानीमा नेपालले विश्व क्रिकेटमा प्रतिनिधित्व गरेको थियो ।
२००४ मा १५ वर्षको उमेरमा पारसले सिनियर टोलीमा डेब्यु गरेका थिए । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २००४ अप्रिल २३ का दिन आईसीसी अन्तर महादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले राष्ट्रिय जर्सी पहिरिएका थिए । त्यसयता उनी टिममा महत्वपूर्ण खेलाडीको रुपमा आफूलाई प्रमाणि गर्दै नेपाली टोलीको नेतृत्व सम्हाल्दै अगाडि बढाएका थिए ।
२००९ मा कप्तान विनोद दाशको स्थानमा कप्तानको रुपमा प्रतिस्थापन भएका पारसले २०१९ मा कप्तानी पद छाडेका थिए । त्यसपछि नेपाली टोलीलाई ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन् ।
पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन । उनले १० खेलबाट ३ सय १५ रन जोडेका छन । अर्को फ्रम्याट टी–२० अन्तर्राष्ट्रियमा ७ सय ९९ र ट्वान्टी–२० मा ५६ खेल खेल्दा १ हजार ३ सय ७७ रन बनाएका छन ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…