
इपिएलको ट्रफी
काठमाडौं-लामो समयको प्रतिक्षापछि एभरेष्ट प्रिमियर लिग(ईपीएल)को तयारी शुरु गरिएको छ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सोमबार ट्रफी आज सार्वजनिक गरिएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादान बजाज पल्सरले मुख्य प्रायोजन गर्ने गरेको छ ।
आयोजक एभरेष्ट प्रिमियर लिग (इपिएल) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेको हो । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे ।
सोही कार्यक्रममा निर्देशक अख्तर र अध्यक्ष गोल्छाले मुख्य प्रयोजनका लागि सम्झौता पनि भयो । दुबैले सम्झौतापत्र एक आपसमा साटेर चौंथो संस्करणको ट्वान्टी–२० क्रिकेटमा जोडिएको बताए । सम्झौता तीन वर्षका लािग भएको छ । हंशराज एण्ड हुलासचन्द कम्पनीका अध्यक्ष गोल्छाले खेलकुदसँगको संलग्ना लामो समय गरेको र खेलकुद हुँदा सकारात्मक सोच विकास हुने भन्दै खेलकुदमा जोडिएको बताए ।
‘महामारीलाई छिचोल्दै अगाडि बढ्नु पर्छ । खेलकुदले पोजेटिभिटी पैदा गर्छ । पोजेटिभिटीले रोगसँग लड्न सहयोग गर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘महामारीको बीचबाट उठेर कोरोनाको सामना गर्नु पर्छ । आम मानिसमा पोजेटिभिटी ल्याउनका लागि पल्सर इपिएलसँग जोडिएको हो ।’
यस्तै बजाज पल्सरसँग जोडिन पाउँदा निकै खुसी भएको इपिएलका निर्देशक अख्तरले ट्रफी तथा प्रयोजन सम्झौता कार्यक्रममा बताए ।
असोजमा हुने फ्रेन्चाइज प्रतियोगितामा अब बजाज पल्सरले मुख्य प्रायोजन गर्ने छ । सम्झौता पछि बोल्दै हंशराज हुलासचन्द एण्ड कम्पनीका निदेर्शक गोल्छाले खेलकुदमा जोडिन पाउँदा खुसी लागेको बताए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता १४ दिनसम्म चल्ने छ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू विराटनगर वारियर्स, काठमाडौं किङ्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…