
पोखरा-पोखराको फुटबल गतिविधि शून्यमा छ । एकातिर कोभिडको लहर छ । अर्कोतिर कास्की जिल्ला फुटबल संघ निष्क्रिय छ । आर्थिक पारदर्शीता नभएको ठहर्दै अखिल नेपाल फुटबल संघ(एन्फा)को छानविनमा परेको छ । छानविनले रिपोर्ट तयार पारेपनि सार्वजनिक गरिएको छैन् ।
फुटबल संघ कास्कीको एकातिर निष्क्रियता र अर्कोतिर फुटबलको गतिविधि शून्यताले पोखराबाट ए डिभिजन लिग खेल्ने खेलाडीहरु विस्तार घट्दै गएका छन् । खेलकुदको शहरको परिचय बोकिरहँदा पोखराबाट नयाँ खेलाडीले फुटबल दरिलो उपस्थिति देखाउन सकेका छैनन् । त्यसो त कास्की जिल्ला फुटबल संघलाई अन्य जिल्ला तहमा आयोजना हुने फुटबल प्रतियोगितामा सहभागिता बारे नाक खुम्च्याउने प्रवृत्तिले पनि नयाँ खेलाडीले अवसर पाउनै सकेनन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को तालिका अनुसार आगामी कार्तिक अन्तिम सातादेखि ए डिभिजनको तयारी गरेको छ । क्लबहरुले खेलाडी अनुबन्धन गरिरहेका छन् । पोखराबाट एक दर्जन खेलाडी अहिले विभिन्न क्लबसँग आवद्ध भईसकेका छन् । अनिल गुरुङ(ब्रिगेड ब्वाईज), रन्दिप पौडेल(ब्रिगेड), शुसिल लामा(फ्रेण्ड्स), मानबहादुर तामाङ(सातदोबाटो), विजय श्रेष्ठ(हिमालयन शेर्पा), त्रिदेव गुरुङ(हिमालयन शेर्पा), भिषण गुरुङ(हिमालयन शेर्पा), विनोद गुरुङ(हिमालयन शेर्पा), रवि थापा( हिमालनय शेर्पा), विमल राना( मनाङ मस्र्याङ्दी), सरोज योन्जन(मनाङ मस्र्याङ्दी), जीवन गुरुङ(थ्रीस्टार), अजित भण्डारी(नेपाल पुलिस), दिप कार्की(हिमालयन शेर्पा,सम्झौताको तयारीमा) रहेका छन् ।
नियमित रुपमा लिग नहुदाँको प्रत्यक्ष असर खेलाडीमाथि पर्छ । लिग नहुदाँ फुर्सदिला खेलाडी अन्यत्र मोडिन्छन् । खेलाडी फुटबलविहीन भएपछि पलायन हुने सम्भावना बढ्छ । ‘खेलाडीको पहिलो प्लेट फर्म प्रतियोगिता हुन् । प्रतियोगितामा आयोजना नहुदाँ र प्रतियोगितामा सहभागिता जनाउन नसक्दा नयाँ खेलाडीले अवसर पाउँदैनन् ।’ एकेडेमी सञ्चालन गर्दै आएका प्रशिक्षक राजेन्द्र तामाङले भने–‘मोफसलका प्रतियोगिता खेल्न पाएका छैनन् । फुटबल संघको अन्य जिल्लास्तरीय प्रतिस्पर्धामा सहभागिता शून्य रह्यो । यसले पनि नयाँ खेलाडीको अपेक्षा गर्न सकिने अवस्था रहेन् ।’
संघको निष्क्रियतासँगै गतल प्रवृत्तिले जिल्लामा कास्की भन्ने वित्तिकै नाक खुम्च्याउने परिपाटी छ । नियमित प्रतियोगिता हुनुपर्छ । नियमित प्रशिक्षणको अभाव छ । ‘साना बालबच्चाको लागि एकेडेमी भएपनि यु–१६, यु–१८ को लागि प्रशिक्षण हुनै सकेको छैन् ।’ उनले भने–‘उमेर समूहबाटै नयाँ खेलाडीले प्रतियोगिता मार्फत एक्सपोजर पाउँछन् । लिग हुदैं राष्ट्रियस्तरको खेलाडी बन्न सक्छन् । तर हाम्रोमा अवसरको कमी छ ।’ अवसरको लागि वर्षेनी प्रतियोगिता हुनुपर्ने उनले दोहो¥याए । प्रशिक्षक तामाङले पोखरामा ठूलो टिम ल्याउन उत्सुक हुने तर प्रतियोगिता आयोजना गरेर खेलाडीलाई एक्सपोज गराउन ध्यान नदिने प्रवृत्ति रहेको जिकिर गरे ।
नियमित रुपमा खेलाडीले फुटबल प्रतियोगिता खेल्न नपाउँदा दक्षता र क्षमता ह्रास हुदैं जान्छ । ‘खेलाडीले जति अवसर पाउँछ उति नै निरखता आउँछ ।’ एएफसी लाईसेन्स प्राप्त प्रशिक्षक विष्णु गुरुङले भने–‘क्लबस्तरीय प्रतियोगिताले नयाँ खेलाडीको उदय हुन्छ ।’ पोखराको फुटबल विकासको लागि कास्की जिल्ला फुटबल संघले नै कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव उनको थियो । कार्ययोजनाविहीन हुदाँ फुटबलको अवस्था दयनीय बन्दै जाने बताउँदै उनले थपे–‘फुटबलको विकासमा ध्यान नदिए पोखराको पुरानो शाख जोगाउनै मुश्किल पर्छ ।’
केन्द्रमा ए डिभिजन लिग शुरुवात अघि नै मोफसलमा जिल्ला लिग गर्ने योजना छ । यद्यपी कोभिड–१९ को लहरले त्रासदीपूर्ण अवस्था छ । ‘जिल्ला लिग गर्ने योजना हो । तर कोभिड–१९ को सन्त्रास छ । केही भईहाल्छ कि भन्ने डर छ । तनाव छ ।’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने–‘कोभिड नभएको भए दुईतीनवटा टुर्नामेन्ट हुन्थ्यो ।’ उनका अनुसार युनाईटेड क्लब हेमजाले आयोजना गर्ने शुभकामना कप, संगम युवा क्लबले आयोजना गर्ने संगम कप लगाएतका प्रतियोगिता रोकिन पुग्यो । विभिन्न क्लबले आयोजना गर्ने सेभेन ए साईड फुटबल प्रतियोगिता पनि रोकिएका छन् । सेभेन ए साईड फुटबल प्रतियोगिताले पनि खेलाडीलाई व्यस्त भने बनाईराखेको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…