
file pic
पोखरा- मंगलबार पोखरा आईपुगेको राष्ट्रिय फुटबल टोलीले बिहीबारदेखि पोखरा रंगशालामा प्रशिक्षण शुरु गरेको छ ।
बिहीबार दिउँसो टोलीले प्रशिक्षण शुरु गरेको हो । प्रशिक्षणमा कप्तान किरण चेम्जोङ तथा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भने उपस्थिति रहेनन् । दुवै जना विहीबार नै पोखराबाट काठमाडौं प्रस्थान गरेका थिए ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीबीचको विवादको समााधान गर्न गठित समितिले छानविन शुरु गरेको थियो । छानविनकै क्रममा चेम्जोङ र अल्मुताईरीको बयान लिइएको हो ।
पोखरामा राष्ट्रिय फुटबल टोलीले दुईसाता प्रशिक्षण गर्ने छ । प्रशिक्षण पछि नेपाली टोलीले भारतसँग मैत्रीपूर्ण अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्ने छ । त्यसपछि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि टोलीले प्रस्थान गर्ने छ । सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई प्रशिक्षण गराएका थिए ।
स्वागतमा फुटबल संघको पदाधिकारीको अनुपस्थिति
गत मंगलबार पोखरा ओर्लिएको फुटबल टोलीको स्वागतार्थ कास्की जिल्ला फुटबल संघका पदाधिकारीको उपस्थिति भने देखिएन् । संघका अध्यक्ष मिलन गुरुङ बाहेक अन्य संघका पदाधिकारी कुनै पनि उपस्थिति भएनन् । अन्य पदाधिकारीको अनुपस्थितिले फुटबल संघ भित्र आन्तरिक तिक्तता रहेको प्रष्टिएको छ ।
आर्थिक पारदर्शीता नभएको एवं फर्जी चेक काण्डमा संघका अध्यक्ष गुरुङ फसेपछि संघभित्र तिक्तता पैदा भएको थियो । अखिल नेपाल फुटबल संघ(एन्फा)ले आर्थिक पारदर्शिताको प्रश्न सर्वत्र उठेपछि छानविन गरेपछि छानविनको रिपोर्ट गुपचुपमै राखिएको छ । यसले गर्दा पनि संघका पदाधिकारी र अध्यक्ष बीच मेलमिलाप हुनै सकेको छैन् । संघका अन्य पदाधिकारी सम्पर्कमा समेत आउदैनन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…