पोखरा-महानगर खेलकुद विकास समिति पोखराले भदौ अन्तिम साताभित्र विभिन्न खेलसंघलाई सूचीकृत हुन सार्वजनिक सूचना जारी गरेको छ । महानगर खेलकुद विकास समितिले खेलकुद सम्बन्धी क्रियाकलाप सञ्चालन तथा आयोजना गर्ने प्रायोजनका खेल संघ, क्लब तथा संस्था दर्ता सूचीकरण गर्न आग्रह गरेको हो ।
समितिले भदौ २५ गतेभित्रमा दर्ता सूचीकरण गर्ने आग्रह गरेको महानगर खेलकुद विकास समितिमा सदस्य सचिव सुवास खड्काले जनाएका छन् ।
भदौ २५ भित्रमा महानगरपालिका खेलकुद विकास समितिको कार्यालय शिक्षा महाशाखा ड्यामसाईडमा सूचीकरण गर्नुपर्ने छ । पोखरामा विभिन्न खेलका ३६ वटा संघ छन् । क्लबहरु पनि सक्रिय नै छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…