
पोखरा-नेपाल लोकतान्त्रिक खेलकुद महासंघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत चयन भएका छन् । मंगलबारसंघको प्रदेश समितिले पुनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समितिको घोषण गरेको हो ।
नेपाली कांग्रेस निकट खेलकुद संघको प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्वितिय उपाध्यक्षमा रेकमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटलर घले चयन भएको नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । साथै सहसचिव सदस्यहरुको कार्यउन्नती हेरेर पदोन्नती गरिने जनाए । २०७१ सालमा खेल क्षेत्रमा भएको विकृति विसंगती अन्त्य गर्ने उद्देश्यले स्थापना भएको संघमा इट्टा थप्ने काम नव गठित जिल्ला समितिले गर्ने उनले अपेक्षा गरे । खेल क्षेत्रको माध्यमबाट नेपाली कांग्रेसको गरिमा उच्च पार्ने काम गर्न पनि उनको सुझाव थियो । खेल क्षेत्रमा हुने भ्रष्टचार उजागर गर्न खेलकुद संघ सधै लागिपर्ने पनि उनले प्रष्ट्याए । खेल क्षेत्रमा भ्रष्टचार नहुने हो भने खेलाडीका सम्पूर्ण आवश्यकताहरु पुरा गर्न सकिने अध्यक्ष शेरचनले बताए ।
नव गठित समितिका अध्यक्ष नविन पुनले आफु कुरामा भन्दा पनि काममा विश्वास गर्ने बताए । खेल क्षेत्रमा लागेकाहरुको सल्लाह सुझावसहित आफुले पाएको जिम्मेवारी पुरा गर्ने उनको भनाइ छ । आफ्नो कार्यकालमा खेल क्षेत्र चलायमान बनाएर नमुना जिल्ला संघ बनाउने उनले प्रतिवद्धता पनि जनाए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले खेलाडीले राज्यका लागि गरेको योगदानको कदर गर्ने समय सुरु भएको बताइन् । खेलको माध्यमबाट राष्ट्र निर्माणका लागि अगाडि बढेको संस्थाले महिला खेलाडीहरुको सहभागिता बढाउन थप नमुना योग्य काम गर्न उनको सुझाव थियो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य विष्णुबहादुर क्षेत्री, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष सुनिल गुरुङ, प्रदेश अध्यक्ष हरिश्वर पोखरेल लगायतले नव गठित समितिलाई खेलकुदको माध्यमबाट प्रजातन्त्र र लोकतन्त्र अगाडि बढाउन सुझाव दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…