पोखरामा हाप्किडोको राष्ट्रिय बन्द प्रशिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १३ गते २०७८ मा प्रकाशित


पोखरा-वल्र्ड हाप्किडो च्याम्पियनसिपमा नेपालबाट सहभागि हुने नेपाली खेलाडीहरुको पोखरामा बन्द प्रशिक्षण शुरु भएको छ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बरालले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद पछि परेको बताएका छन् ।

खेलकुदलाई जीवन पद्धतीको रुपमा विकास गर्न जरुरी रहेको बताए । मन्त्री बरालले केही युवाहरुमा नेपाल भन्दा विदेशको माया बढी भएको दाबी गरे । आफ्नो खेल कौसल सहित विदेशमा जादा नेपालीको भाषा संस्कृतिको समेत प्रद्र्धन गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । देशको इज्जत र प्रतिष्ठानको पहिचानको लागि आफ्नो वलभुताले भ्यायसम्म खेल कौसन प्रदर्शन गर्न मन्त्री बरालले आग्रह गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले मार्सस आर्ट खेल आत्मरक्षाको लागि उपयुक्त खेल भएको बताउदै हाप्किडो खेललाई नवौं राष्ट्रिय खेलकुदमा समावेश गर्न केन्द्रमा पहल गर्न सुझाव दिए । राज्यको ढुकुटीले मात्रै खेलकुद विकास सम्भव नहुने उनको भनाई थियो । परिषदले आगामी एक दशक भित्र प्रतिष्पर्धाबाट छनोट भएर सिधै ओलम्पिकमा सहभागिता जनाउन सक्ने खेलाडी उत्पादनमा लाग्ने योजना रहको बताए ।

जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले खेलाडीका लागि खेलकुदसंगै अनुशासन महत्वपूर्ण रहेको जनाए । यसैबिच, नेपाल मार्शल आर्टस हाप्किडोको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । आगामी कार्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने वल्र्ड हाप्किडो च्याम्पियनशिपमा सहभागिताका लागि पोखरामा बन्द प्रशिक्षण शुरु गरिएको नेपाल मार्शल आर्टस संघ हाप्किडोका अध्यक्ष काली वहादुर घर्ती मगरले बताए । वन्द प्रशिक्षणका संयोजक एवम कास्कीका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठ, नेपाल मार्शल आर्टस संघ हाप्किडो गण्डकीका अध्यक्ष एमवी आस्था लगायतले बोलेका थिए । पोखरा रंगशालामा हुने वन्द प्रशिक्षणमा देशभरीका २० जना खेलाडी सहभागी छन ।